logo
  • शनिबार, भाद्र २० २०८३

जापानमा नेपाल फेस्टिवलको दिन नजिकिए सँगै तयारीमा तिव्रता


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

13625176_979365965517620_1392294033_nसंगिता कुवँर, टोकियो आषाढ २७ ।
यहि अगष्ट ७ र ८ मा हुने नेपाल फेस्टिवलको दिन नजिकिदै जादा तयारी तिब्र पारीएको छ । मेला मुल आयोजक समितिले आईतबार टोकियोमा पत्रकार सम्मेलन गर्दै, तयारी बारे जानकारी गराएको हो । टोकियोको योयोगी पार्कमा हुने मेलाको तयारीमा तीब्रताका साथ अघि बढेको आयोजक समितिले जनाएको छ ।

जापानी समुदायहरु माझको प्रचार प्रसार तथा कार्यक्रम व्यवस्थापन एवं प्रस्तुती लगभग अन्तिम चरणमा पुगेको साथै अन्य बिभागीय प्रमुख मार्फत भईरहेको कामको जानकारी गराईएको थियो । मेलामा, खानाका रेमिटयान्स कम्पनी, ईन्टरनेट सेवा प्रदायक कम्पनी, ट्राभल्स तथा टुर्स, रोजगारी प्रदायक कम्पनी सहित जापानमा सकृय विभिन्न संघ सस्थाका नेपाल झल्काउने स्टलहरु रहने छन् । अहिले सम्म २७ ओटा स्टल बुकिगं भई सकेका छन् ।

13621429_979365972184286_2027309903_oमेला मुल आयोजक समितिका संयोजक सुदन थापाले एक अर्कामा आरोप प्रत्यारोप भन्दा भन्दा जापानी माझ हाम्रो सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक जानकारी गराउने र नेपालको पर्यटन लगायतका सम्भावनाहरुलाई प्रवद्र्धन गर्ने अवसर भएकाले,सबै नेपालीहरुले जसले जे जहाँबाट सकिन्छ साथ दिन अपिल गर्नु भएको छ ।

13644031_979365838850966_1493078567_nकार्यक्रममा एनआरएनए जापानका, उपाध्यक्ष देवीलाल भण्डारी, प्रवत्ता संदीप ढुङ्गाना, तमुधी जापानका अध्यक्ष श्री गुरुङ, थकाली सेवा समाज जापानका अध्यक्ष बुद्धि गौचन, बाँके वर्दिया समाज जापानका अध्यक्ष जनक विक्रम शाही लगायतका उपस्थीतको संघ संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रम एनआरएनए जापानका सचिव बुद्धिराज घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend