logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी सेवा समाज कतारले छैठौ साधारणसभा आयोजना गर्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

logo-gws-2-300x285कुमार “अविरल” पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सकृय रहेको गुल्मी सेवा समाज कतारले छैठौ साधारणसभाको आयोजना गर्ने भएको छ । सस्थाको २४ औ नियमित बैठक सम्पन्न भए लगतै साधारणसभा आयोजना गर्ने भएको हो ।

सस्थाको २४औ नियमित बैठक सम्पन्न भए सँगै पाचौ साधारणसभा भएको २ वर्ष पुरा भएको छ । सोहि अवसरमा सस्थाले आगामी जुलाई २९ तारिकका दिन छैठौ साधारणसभा आयोजना गर्ने भएको हो ।

कतारमा रहनु भएका गुल्मेलीहरुले गुल्मी सेवा समाज कतारको साधारणसभा सम्पन्न हुनू पुर्व आफ्ना सदस्यहरुलाई सदस्यता नवीकरण गर्न आह्वान गरेको छ । साथै कुनै पनि समयमा नया सदस्यता लिन एवम पुराना सदस्यहरुले आफ्नो सदस्यता नवीकरण गर्न सकिने समेत जानकारी दिइएको छ।

रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका सम्पूर्ण गुल्मेलीहरुलाई गुल्मी सेवा समाज कतारसँग आवद्ध भइ सामाजिक कार्यमा सहयोग गर्नुहुन समेत आग्रह गरेको छ ।


थप जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend