logo
  • शुक्रबार, असोज ९ २०८३

“प्रहरी मेरो साथी” नयाँ कार्यक्रम गुल्मीमा पनि सुरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी आषाढ २७।
समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरी नेपालमा प्रहरीको छवि अभिवृद्धि गर्न नेपाल प्रहरीले देशैभर नयाँ कार्यक्रम शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले सोमबार सदरमुकाम तम्घासमा आयोजना गरेको एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले ‘प्रहरी मेरो साथी’ कार्यक्रमको उद्घाटन गरे ।
20160711_091008
कार्यक्रको उद्घाटन गर्दै अधिकारी राना मगरले यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सके ६० बर्ष देखिको नेपाल प्रहरी स्वाभिमान अर्को उचाईमा पुग्ने विश्वास व्यक्त गरे। साथै उनले नेपाल प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, राजनितीक दल र सरोकारवालाको सहयोगले नै यो कार्यक्रम सफल हुने भएकाले सहयोगको लागी आग्रह गरे । प्रहरी प्रमुख प्रहरी उपरिक्षक भोला रावलले प्रहरीले समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्नुका साथै आफ्नो सेवा जनता माझ कसरी प्रभावकारी रुपमा पुराउन सकिन्छ भनेर ल्याएको सानो प्रयासमा सवैलाई हातेमालो गर्न आग्रह गरे ।
20160711_091822
उनले प्रहरी संचालन गर्ने हरेक गतिविधी ‘प्रहरी मेरो साथी’ कार्यक्रम मार्फत नै संचालन हुने समेत जानकारी दिए । त्यस्तै रेसुंगा सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष कृष्ण भण्डारीले अहिले सम्म पनि आफुहरु प्रहरीकै सहकार्यमा विभिन्न सामाजिक कार्य गरेकाले यो कार्यक्रममा पनि आफुहरुको साथ र सहयोग रहने बताए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले ‘प्रहरी मेरो साथी’ कार्यक्रमको लक्ष्य र उदेश्य माथी प्रकाश पारेका थिए ।
20160711_094324
कार्यक्रमको नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सवै कार्यक्रम तथा क्रियाकलापहरु ‘प्रहरी मेरो साथी’ को एउटै अबधारणामा आवद्ध गर्नु यसको उदेश्य रहेको छ ।
देशभरकिा स्कुल तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट नेपाल प्रहरीलाई अझ नागरिक मैत्री बनाई अपराध, दुर्घटना र सामाजिक बिकृती विसंगतीहरु नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्नु कार्यक्रको अर्को उदेश्य रहेको छ ।

जसमा नागरिकको भुमिका के हुन सक्छ भन्ने बिषयमा विभिन्न अन्तरक्रिया तथा प्रशिक्षणहरु संचालन गरिने छ । त्यस्तै देशभरीका प्रहरी साथीहरको सञ्जाल निर्माण गरी आवश्यक सम्पर्क र सहकार्यत्र गर्ने र कार्यक्रमलाई नेपाल प्रहरी र समुदायमा संस्थागत रुपमा विकास गर्नु ‘प्रहरी मेरो साथी’ कार्यक्रको अर्को उदेश्य रहेको छ । कार्यक्रममा ‘प्रहरी मेरो साथी’ कार्यक्रमका बारेमा तयार पारेको गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाको प्रमुख आतिथ्यता, प्रहरी नायव उपरिक्षक नेपालको स्वागत, प्रहरी प्रमुख रावलको धन्यबाद तथा प्रहरी सहायक निरिक्षक युवराज सलामी मगरको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend