साझा नेटवर्क
अर्जुन खनाल, नयाँ दिल्ली भारत आषाढ २७ ।
२०२ औं भानु जयन्तीको अवसर पारेर भारतको राजधानी दिल्लीमा रहेको संस्था हाम्रो स्वाभिमानले भानु जयन्ती समारोह भब्यताका साथ आइतबार सम्पन्न गरेको छ । संस्थाले भानु जयन्तीकै अवसर पारेरै कविता वाचन तथा प्रतिभाशाली विद्यार्थी प्रोत्साहन कार्यक्रम गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासबाट कर्यवाहाक राजदुत कृष्ण प्रसाद ढकाल ,बिशिस्ट अतिथि बृन्दावनबाट शितल कृष्ण महाराज ,रमेश ठकुरी ,संगीता प्रधान नोमिनेटेड सदस्य डिसिएम लगायत रहेका थिए । सोही कार्यक्रमका प्रमुख अतिथिले “प्रवासमा रहेर पनि नेपाली भाषा प्रतिको माया ममता उत्तिकै रहेको उक्त कार्यक्रमले सबैलाई देखाई दिएको भन्दै आगामी दिनमा पनि आफुले साथ दिने बताउदै कार्यक्रममा बिजेता भाइ बहिनिहरुलाई शुभकामना तथा हौसला दिनु भएको थियो ।
कार्यक्रममा दिल्लीमा रहेका अन्य गैरराजनैतिक र सामाजिक कार्यमा अग्रसर संस्थाहरुका प्रतिनिधि लोप्साङ लामा -जि जे एम एम, राजन छेत्री -जि वाई ए एस ए, सगेन मोक्तान – गोर्खा फाउन्डेसन भारत, प्रेम प्रसाद शर्मा-ए ए जि एस यु, ओमकार शर्मा- जनकल्याण समिती, गोपाल शर्मा – बागेश्वरी मन्दिर समिति, टेकलाल श्रेष्ठ- अखिल भारतिय गोर्खाली एकता मंच, घनश्याम शर्मा -वल्ड गोर्खा फाउन्डेसन ट्रष्ट, किरन सेवा -मोदर्श ग्रुप, अन्ड्रीउ गुरुङ-गोर्खा च्याम्बर, युधिष्टिर साह -गोर्खा फाउन्डेसन भारत, बिराज शर्मा, सुकुल प्रधान, डिके प्रधान, लगायतको उपस्थिती रहेको थियो ।
कविता प्रतियोगिता तर्फ अञ्जली घिमिरे प्रथम, अन्जु पोख्रेल द्वितीय, आचल दत्त तृतीय, सुशील चन्द्र लम्साल र प्रविन कुमार काफ्ले सान्त्वना हुन सफल भएका थिए ।
कविता वाचन प्रतियोगितालाई मुल्यांकन भने अल ईन्डिया रेडियोका नेपाली कार्यक्रम संयोजक बिष्णु गुरुङ, सामाजिक कर्याकर्ता उत्तम क्षत्री र सहायक प्राध्यापक मिरिण्डा हाउसका डा. बिनु सुन्दासले गर्नु भएको थियो।
एन डि एम सी भवन बङगाली मार्केट मंडी हाउस मेट्रोको पछाडि भएको उक्त कार्यक्रममा सोही संस्थाका अध्यक्ष नारायण श्रेष्ठको सभापतित्व र सचिव मोहन कर्कीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend