logo
  • शुक्रबार, असोज ९ २०८३

राक प्रवासी सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

क्षितिज किरण गैरे,कतार आषाढ २७।
“आपसी सहयोग सद्भाब अपरिहार्य, हरेक सुख दुखमा गरौ सहकार्य” भन्ने मुल नाराका साथ राक प्रवासी सेवा समाज कतारका दोस्रो साधारणसभा यहि मिति ८ जुलाई २०१६ का दिन देवराज पुनको सभापतित्व तथा बसन्त थापाको प्रमुख आतीथ्यतामा विविध  सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।

13652570_598620286966506_672400599_n
कार्यक्रममा रोल्पा जलजला सेवा समाजका सल्लाहाकार सुर्य बिक, चेतमान रोकामगर, छबि गुरुङ, एकराज सुवेदी, समाज सेवी हिकमत अली, बराह संरक्षण समिति कतारका अध्यक्ष बलराम जैसी, शिब शक्ति युवा समुहका शिब बुढाथोकी, करगें प्रगतिशिल समाजका कल्याण थापा, प्युठान सेवा समाज कतारकी महिला सदस्य शुस्मा पुन, नया शक्ति सास्कृतिक परिवार कतारका संयोजक क्षितिज किरण, तल्लो गुम्चाल प्रवासी सेवा समाजका चोम बिष्ट, राक प्रवासी सेवा समाजका सल्लाहकार खिम केसी, उन्मुख फगाम गाउ बिकास समितिका पृथ्वी पुन लगायत कतारमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि, कलाकारहरु लगायत जनमानसको उल्लेखनिय उपस्थिति रहेको थियो ।

13643948_598620296966505_1809106161_nकार्यक्रममा स्वागत मन्तब्य नरेन्द्र खड्काले राख्नु  भएको थियो । सयौ थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने बोलको राष्ट्रिय गित गाएर कार्यक्रमलाई अगाडी बढाईएको थियो । कार्यक्रममा लोक दोहोरी गायक बालबिक्रम थापा मगर, लोकप्रिय गायक क्षितिज किरण, गायिका कमला गुरुङ, त्यसैगरी बहुप्रतिभाका धनि रबिन्द्र सुनार, गायिका सुनिता बुढा मगर, कमला ओली ,रुपा नेपाली, जिबन बिसी, बिमल ढकाल, हुकुम बिक लगायत कलाकारको प्रस्तुतिले कार्यक्रम निकै सगितमय भएको थियो ।

13625144_598620290299839_1029789803_nउक्त कार्यक्रममा प्रमुख अतिथी बसन्त थापाले राक प्रवासी सेवा समाज कतारले चालेका पाईला तथा बिभिन्न कार्यहरु निकै राम्रो रहेको र आगामी दिनहरुमा राक प्रवास सेवा समाजले गरेका हरेका कार्यहरुमा ब्यक्तिगत तथा संस्थागत रुपबाट सहयोग गर्ने प्रतिबद्दता गर्नु भएको थियो ।

साथै उक्त साधारणसभाले नरेन्द्र खड्काको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्ष नवराज पुन मगर, दृतिय उपाध्यक्ष कमला पुन,तृतिय उपाध्यक्ष शेर बहादुर वलि, महासचिव एक राज पुन, सचिव चन्द्र प्रकास पुन, कोषाध्यक्ष तुल बहादुर केसी, सहकोषाध्यक्ष राकेशल पुन मगर यसैगरी सदस्यहरुमा ललित घर्तिमगर, हेम कुमार वलि, दिपेन्द्र पुन, सुदे वलि, शेरबहादुर केसी, राजी भन्डारी, नरेश मगर, झकास पुन, रत्न राणा सल्लाहाकार समितिमा संरक्षक देवराज पुन, राजु सुनार, बिर बहादुर वली रहेका छन ।

कार्यक्रमका सभापति देवराज पुनले आफ्नो निमन्त्रणा स्विकार गरेर पाल्नुहुने तथा कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु भएका कलाकार, बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा उपस्थित सम्पुर्णमा हृदय देखी धन्यबाद प्रकट गर्दै कार्यक्रम समापन गर्नु भयको थियो । कार्यक्रमक सचिव नवराज पुन मगरको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend