साझा नेटवर्क
नरेश केसी, भैरहवा आषाढ २७।
त्रिभुवन विश्वविद्यालय भैरहवा बहुमुखी क्याम्पसमा जनसंख्या विषय प्राध्यापन गर्ने केशब शर्मा बेलबासेले लेखेको गीत सार्वजनिक भएको छ ।
साहित्य, सृजना र गीत संगीतमा बाल्य अवस्था देखी नै रुची राख्ने बेलवासेले रचना गरेको “आंखा रसाएर के भो, मुटु दुखाएर के भो” भन्ने गीतलाई चर्चित गायीका अन्जु पन्तले स्वर दिएकी छिन ।
उक्त गीतमा संगीत लक्ष्मण तीमिल्सीनाले दिएका छन् । गायीका पन्तले गाएको उक्त गीत अहिले यु ट्युबमा राखीएको छ । गीतकार बेलबासेले रचना गरेको अर्को गीत “मुटु जलाइन उनले, आगो लगाइन उनले” मा गायक प्रमोद खरेलको स्वर रहेको छ ।
बेलबासेका गजल, कविता , मुक्तक लगायतका रचनाहरु पत्रपत्रिकामा प्रकाशित भएका छन् । बेलबासे भैरहवा बहुमुखी क्याम्पस विद्यार्थि कल्याण विभाग प्रमुख समेत हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend