logo
  • शनिबार, साउन ३० २०८३

४१ वर्षपछि पोर्चुगलले चुम्यो युरोकपको उपाधि


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

पेरिस, आषाढ २७।
आयोजक राष्ट्र फ्रान्सलाई पराजित गर्दै पोर्चुगल पहिलो पटक युरोपियन च्याम्पियन बन्न सफल भएको छ । पोर्चुगलले मुख्य प्रतियोगिताको उपाधि जितेको पनि यो पहिलो अवसर हो ।
euro-1024x699
निर्धारित खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयको खेलमा एडेरले १०९ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाए । सन् २००४ को फाइनलमा आफ्नै घरेलु मैदानमा ग्रिससँग स्तब्ध बनेको पोर्चुगलले त्यसको बदला फ्रान्ससँग उसैको मैदानमा लिएको छ ।

आयोजकको रुपमा यो उपाधि जित्ने फ्रान्स पछिल्लो टोली हो । फ्रान्सविरुद्ध पोर्चुगलको इतिहास पनि त्यति राम्रो थिएन । पछिल्ला ४१ वर्षसम्म पोर्चुगलले फ्रान्सलाई हराउन सकेको थिएन भने पछिल्ला १० खेलमा पोर्चुगल पराजित हुँदै आएको थियो । सन् १९७५ को मार्चमा पोर्चुगल पछिल्लो पटक विजयी बनेको थियो ।

 फाइनलमा पोर्चुगलको शुरुवात भने राम्रो भएन । खेलको शुरुवातदेखि नै फ्रान्सले पोर्चुगल माथि दबाब राखेको थियो । खेलको आठौं मिनेटमा डिमिट्री पायेटले फल हानेपछि स्टार खेलाडी रोनाल्डो घाइते भए । खेलको २४ औं मिनेटमा उनी खेल छाड्न बाध्य बने ।

पहिलो हाल्फमा फ्रान्सले पोर्चुगल माथि पूरै दबाब राखेको थियो । तर, फ्रान्सले पाएको अवसर भने सदुपयोग गर्न सकिरहेको थिएन । खेलको दोस्रो हाफमा भने पोर्चुगलले सुधारिएको खेल प्रदर्शन गर्यो । रोनाल्डो बिना पनि बेलाबेला फ्रान्समाथि दबाब बनाइराख्यो । उता, फ्रान्सले भने एकपछि अर्को मौका गुमाइरहेको थियो ।

फर्ममा रहेका प्रतियोगिताका सर्वाधिक गोलकर्ता एन्टोनी ग्रिजमानले दुई सुन्दर अवसर गुमाए भने ओलिभर जिरुको प्रहारलाई गोलकिपर रुई प्याट्रिसियोले जोगाए । प्याट्रिसियोले फ्रान्सको धेरै प्रयास विफल बनाएका थिए । त्यस्तै पोर्चुगलको नानीको प्रहार पनि ह्युगो लोरिसले उत्कृष्ट बचाऊ गरे । खेलको इन्जुरी समयमा आन्द्र्रे पिएरे जिजानिकको प्रहार पोस्टमा लागेको थियो ।

भाग्यमानी पोर्चुगल
फर्नान्डो सान्तोषको टोलीले ७ खेलमा छैटौंपटक निर्धारित समयमा बराबरी गरेर पनि प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । समूह चरणका तिनै खेल बराबरी गरेर तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको पोर्चुगलले अन्तिम १६ मो क्रोएसियालाई अतिरिक्त समयमा हराएको थियो ।

क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइब्रेकरमा हराएको थियो । पोर्चुगलले निर्धारित समयमा जितेको एक मात्र खेल भनेको सेमिफाइनलमा वेल्सबिरुद्ध थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend