logo
  • शनिबार, भाद्र २० २०८३

गायिका के.सी.को तिज गित “बम बम भोला” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तीजका भाकाहरु पनि बजारमा दिनानुदिन आइरहेका छन् । कलाकारहरु यतिबेला तिजका गित गाउन र गितको म्युजिक भिडियो बनाउन व्यस्त छन ।
rita kc
हरेक वर्षको तिजमा जस्तै यसपाली पनि कलाकारहरुले आफ्नै आफ्नै शैलीमा तिज गितहरु बजारमा पस्कि रहेका छन । आशिष म्युजिकको प्रस्तुतिमा चर्चित गायिका रिता केसीको तिजको कोशेली “बम बम भोला ” सर्वजनिक भएको छ । “बम बम भोले” बोलको गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

चर्चित शर्जक तथा गायक शरद पाण्डेको शब्द रहेको गीतमा नरेश खाती छेत्रीले लय शृजना गरेका छन । बम बम भोला बोलको गीतमा गायक सन्दिप न्यौपाने र गायिका रिता केसीको स्वर रहेको छ । स्मृति तिमल्सिनाको निर्देशन रहेको भिडियोमा सन्दिप र रिताले अभिनय गरेका छन । सुरेस श्रेष्ठले छयांकन गरेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन ।


हेर्नुहोस भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend