logo
  • शनिबार, साउन ३० २०८३

माया र कृष्णले घरै बिर्सिएपछि…. (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

Barai birsayo (2)बिनोद ढुंगाना, पोखरा आषाढ २६।
विगत लामो समयदेखी पोखरामा रहेर दोहोरी साँझमा आफ्नो गायन कला प्रस्तुत गर्दै आईरहेकी गायिका माया के.सी.को पहिलो लोकदोहोरी गीत बरै बिर्सायो बजारमा आएको छोटो समयमा नै चर्चाको शिखरमा पुगेको छ ।

निकै नै मिठो स्वरकी धनी मायालाई गायनमा आफ्नै श्रीमान कृष्ण के.सीले साथ दिएका छन् । प्रल्हाद सुवेदीको शब्द अनि बसन्त थापाको लयमा रहेकाले पनि गीत उत्कृष्ट बनेको छ । टि टाइम म्युजिक प्रा.लि.को प्रस्तुतिमा गीत बजारमा आएको हो ।
Barai Birsayo
प्रेम थापाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा गायक कृष्णसँगै म्युजिक भिडियोको क्षेत्रमा एकक्षत्र राज गरिरहेकी नायिका रञ्जिता गुरुङ, प्रेम सोनि र पुष्पा मल्ल देखिएका छन् । गीतमा मायापम्रेमा परेपछि घरै बिर्सिन पुगेको क्षणलाई चित्रण गरिएको छ ।

भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend