logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीका १० दलद्वारा संयुक्त प्रेस विज्ञप्ती जारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी आषाढ २६ ।
गुल्मी जिल्लामा सरकारी निकायबाट बिकास निर्माण भइरहेको कामहरु प्रति जिल्लास्थित क्रियाशिल १० दलले आफ्नो ध्यानकर्षण भएको जनाएका छन् । दलहरु सयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै जिल्लामा अधिकांस स्थानमा योजना सम्झौता भएको लामो समयसम्म काम सुरु नगर्ने र असार महिना लागेपछि हतारमा काम गर्ने गरेको पाईएको विज्ञप्तीमा उल्लेख छ ।

जारी विज्ञप्तीमा नेकमा एमालेका अध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिरबहादुर कार्की, राप्रपा नेपालका सचिव अनिल कक्षपति, राप्रपाका प्रतिनिधी टोपबहादुर खत्री, नेकपा मालेका पुष्पा राउत, राष्ट्रिय जनमोर्चाका कमल अर्याल, नेपाल परिवार दलका पशुपति पाण्डे, अखण्ड नेपालका नेत्रबहादुर बस्नेत नेकपा क्रान्तिकारी माओवादीका नन्दराम राना र नयाँ शक्ति नेपालका घनश्याम पाण्डेको हस्ताक्षर रहेको छ ।

dal

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend