साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ आषाढ २६।
बाग्लुङको भिङगिठे गाउबिकास समिति वडा नम्बर ४ गैरागाउमा हिजो राति परेको अबिरल बर्षाका कारण बारीमा लगाएको बाली सगै तिन घर बिस्तापित भएका छन । साझ परेको अबिरल बर्षाले भिङगिठेको वडा नम्बर ५ को चौताराबाट पहिरो जादा वडा न ४ का रन बहादुर खत्री दधिकला खत्री र पुर्णकली खत्रीको घरमा पहिरो पस्दा परिवार नै आफन्तकोमा बस्न पुगेका छन ।

अहिले सम्म मानिविय क्षती भने नपुगेको बताएको छ । पहिरोले रन बहादुर खत्रीको ट्वाईलेट दधिकला खत्रीको ट्वाईलेट र घरमा र पुर्णकली खत्रीको घरमा क्षती पुगेको माईस्थान प्राबिका प्रअ भिमप्रसाद गौतमले जानकारी दिनुभयो । बर्षा बद्ने हो भने माथिबाट पहिरो तथा दुङगा आउने खतरा बढेको स्थानियहरुले बताएका छन ।

पहिरोले राति स्थानियहरु भगाभगको स्थिती रहेको थियो । अन्य २ घर र मन्दिर पनि जोखिममा रहेको बताईएको छ । उता वडा नम्बर ५ मा पनि हिजो साझ परेको अबिरल बर्षाका कारण विभिन्न ठाउमा पहिरो जादा बाटोनै अबरोध भएको छ। स्थानियहरुलाई आवतजावतमा पनि समस्या परेको छ ।

केहि समय पहिले हावाँ हुरीले स्थानियले लगाएको मकै ढलाई दिएको थियो । बारीमा लगाएको बाली पहिरोले बगाउदा त्यहाँका वासिन्दा झनै पिडित बनेका छन । यस बर्ष भिङगिठे हुदै खंगा जोड्ने मोटर बाटोको सोहि स्थानबाट बाटो निमार्ण कार्य गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend