logo
  • शनिबार, साउन ३० २०८३

गायिका कुसुमको तिजगित वुटवलमा छायाँङकन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी आषाढ २६।
हिन्दु महिला नारीहरुको महान पर्व तिज आउँन महिना दिन भन्दा वढी बाँकी समय रहदा कलाकारलाई भने तिज पर्वले लागी सकेको छ । कलाकारहरुलाई तिजका गित गाउँन र गितको म्युजिक भिडियो तयार गर्न व्यस्त रहनाले उनिहरुलाई तिज पर्वले लागेको हो ।
1
गत वर्षको तिजमा यस पालिको तिजमा लेहेङ्गा लगाउछु भन्ने तिजको गितबाट परिचित बनेकी गायिका कल्पना कुसुमले यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर “शिबजिको दर्शन गर्नी हो” तिज गित बजारमा ल्याउने भएकीछन् । गितमा रेल चडने कुरा सगै गत वर्ष नेपालमा भएका नाकाबन्दीका कुराहरुलाई पनि समाबेश गरिएको छ । तिजको बेला नारिका बेदनाहरुले समेटेर गाउने तथा बस्तुमा तयार भएको गितमा गायिका कल्पना कुखुमको एकल आवाज रहेको छ ।

2गत वर्षको एल्वमबाट निकै धेरै दर्शक श्रोताबाट मायाँ पाएकोले थप नयाँ एल्वम ल्याउने हौसला मिलेकोले यस वर्षको तिज पर्वमा पनि नयाँ गित ल्याउने बताईन । अधिल्लो एल्वमा दर्शक श्रोताबाट पाएको मायाँबाट आफुलाई संगित क्षेत्रमबाट टाढा नजान बाध्य बनाएको उनले बताइन । अन्य बिधाका गितहरुका एल्वमहरु बजारमा आए पनि गत वर्ष बजारमा आएको तिजको एल्वम उनको पहिलो एल्वम थियो ।

3गायिका कुसुमको तिजका बेदनाहरुले भरिएको शिबजिको दर्शन गर्नी हो एल्वमको एक कार्यक्रमका बिच गितको म्युजिक भिडियो बुटवलमा छायाँङकन गरिएको छ । गायिका कल्पनाको सुमधुर स्वरले सजिएको उक्त तिज गितको शब्द संगित गितकार एकनारायण भण्डारीले गरेका हुन । वुटवलको सुन्दर दृश्य सगै छायाँङकन गरिएको गितमा मोडल रस्मी तामाङ्ग र बिबेकराज पाण्डेयले अभिनय गरेका छन् । म्युजिक भिडियो निर्देशन बिष्णु भट्टराइले गरेका छन् ।

4अबको केहि दिनमै बजारमा आउने उक्त गित आफनो अघिल्ले वर्षको तिज गित जस्तै मनपराउने गायिक कल्पनाले बताइन । चर्चित गितकार एकनारायण भण्डारीको लय शब्दमा गित निकै राम्रो रहेकाले पनि धेरै दर्शक श्रोताको मायाँ पाउने उनले बताइन । तिजको बेला सबै महिला दिदि बहिनीहरु मिलेर गाउने भाकालाई यो गितले पनि झल्को दिलाउने कल्पनाले बताइन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend