साझा नेटवर्क
राम किरण तामाङ, कतार आषाढ २६।
राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति मन्च, कतारको शुक्रबार पुर्नगठन भएको छ । उक्त सभाको सभापतित्वमा सभामा उपस्थित रहनु हुने पार्टिका शुभचिन्तकहरु मध्ये ज्यष्ठताको आधारमा सुर्य ब. बंशी ठकुरीको सभापतित्वमा, राष्ट्रिय जनमुक्ति पार्टीका कतार संयोजक महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा तथा मञ्चका पुर्व अध्यक्ष राज खम्बु (खालिङ राई)को आतिथ्यमा, राम किरण तामाङको सञ्चालनमा दोहाको नज्मा स्थित अम्वाज रेस्टुरेन्टको सभा हलमा बृहत पार्टिका समर्थक तथा शुभचिन्तकहरुको माझमा सम्पन्न भएको थियो ।
कार्यक्रम दुई चरणमा सञ्चालन भएको थियो । पहिलो चरणको खुल्ला सत्रमा शेर व. रोका मगरकोले कार्यक्रममा उपस्थित संपुर्णमा कार्यक्रमको वारेमा र पार्टिको वारेमा धारणा राख्नु हुंदै संपुर्णलाई आफ्नो स्वागत मन्तब्यद्धारा स्वागत गर्नु भएको थियो । पुर्व अध्यक्ष राज खम्वुले राष्ट्रिय जनमुक्ती पार्टिको सिद्धान्त अनुसार र मार्ग निर्देशन अनुसार कतारमा जनमुक्तिको दियो निभ्न नदिई अनवरत रुपमा उज्यालो प्रकाश छरिरहने र पार्टिलाई अगाढी बढाई रहने वाचा गर्नु भएको थियो।
त्येस्तै जनमुक्ति मन्च कतारबाट पुर्व समितिका सदस्यहरु तथा शुभचिन्तकहरु कोहि पनि नयाँ शक्ति मा नगएको बताउदै खम्बुले विश्व जनमुक्ति मन्च बाट छ जना पनि नयाँ शक्ति नगएको बताउनु भएको थियो । विभिन्न समाचार तथा फेस्बुक संजाल मार्फ आएका झुटा समाचार प्रती आक्रोश हुदै खम्बुले राष्ट्रिय जनमुक्ति पार्टी र विश्व जनमुक्ति मन्चका जुझारु कार्यकर्ताहरुको मनबल घटाउने काम गरेको भन्दै त्येस्ता भ्रामक समाचारले राष्ट्रिय जनमुक्ति पाटी तथा विश्व जनमुक्त लाई कुनै प्रभाव नहुने र बिचल्ली पनि नहुने बताएका छन । यस्ता खाले तत्वहरुकोे भन्डाफोर गर्ने पनि अध्यक्ष राज खम्बुले बताएका छन ।
कार्यक्रम संचालन गर्ने क्रममा रामकिरण तामाङले कुनै पनि जाति वा राष्ट्र हुनको लागि उसको पहिचान ,भाषा ,धर्म ,संस्कृति ,लिपि र भुमिको आवश्यकता अपरिहार्य हुने भएकोले त्यसकोे लागि पहिचान सहिदको सँघियता आवश्यक भएको धारणा राख्नु भयो । अहिले देश विदेशमा पहिचानको मुद्दा नै ठूलो बहसको मुद्दा भएकोले अब शाशकहरको आँखा खुल्नुपर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिमा राष्ट्रिय जनमुक्ति पार्टीका कतार सँयोजक श्री महेन्द्र थापा मगरज्युले “पहिचान सहितको संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चित्ता, भ्रष्टाचारको अन्त्य र समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता“ भन्ने नारालाई आत्म साथ गर्दै नेपाल बहुजातीय ,बहुभाषिक ,बहुधार्मिक र बहु साँस्कृतिक मुलुक भएकोले आजसम्मको राजनैतिक ब्यवस्थाले बहुसंख्यक रुपमा रहेका आदिवासी जनजाति, उत्पिडित, दलित, मुस्लिम, अल्पसंख्यक एवं पछौटाईएका समुदाय र महिलाहरुलाई राज्यको निति निर्माणमा सहभागी नगराएको भन्दै हालसम्मको राजनैतिक परिवर्तनवाट संविधान र ऐन कानुनमा कागजी रुपमा भेदभाव कम गरिएता पनि ब्यवहारमा जातिय, लैंगिक, क्षेत्रिय, धार्मिक भेदभाव, शोषण र उत्पीडनमा राखेको मा गहिरो खेद प्रकट गर्नु भयो ।
पार्टिको मार्गनिर्देशक सिद्धान्त जनमुक्ति विचारधारालाई आत्म साथ गर्दै पहिचान सहितको संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चित्ता , राष्ट्रिय एकता, स्थायी शान्ति र दिगो विकाशको आधार, जातिय समानुपातिक प्रतिनिधित्व र संघात्मक सरकारको मुल मन्त्र सहित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा बहुजातिय लोकतान्त्रिक समाजवाद स्थापनाको लक्ष्य राखि यस पार्टि अगाढी बढिरेहको बताउनु भयो ।
उहांले पार्टिको उद्येश्ये, पार्टीको घोषणा पत्र, आचारसंहिता र विधानको वारेमा खुलस्त पार्नु भएको थियो । अन्तमा, खुल्ला सत्रको सभापतिज्युले संपुर्णमा कार्यक्रममा उपस्थित रहनुभएका संपुर्णमा हार्दिक धन्यवाद सहित कार्यक्रमको अन्त्य गर्नु भएको थियो भने तत्पश्चात लगत्तै बन्द शत्र शुरु भएको थियो ।
पार्टीका कतार सँयोजक श्री महेन्द्र थापा मगरको संयोजकत्वमा गठित निर्वाचन समितिले राज खम्बुको अध्यक्षतामा २१ सदस्यि समितिलाई निविरोध निर्वाचित भएको घोषणा भएको थियो । उक्त समितिको उपाध्यक्षमा सेर बहादुर बिस्वकर्मा, महासचिव राम किरण तामाङ, सचिव अमृत गन्धर्व, उपसचीव बुद्धि बहादुर ढेगामगर, कोषअध्यक्ष बुद्ध बहादुर घर्ती मगर, सहकोषाअध्यक्ष सोहबिर रानामगर र सदस्यहरुमासुरेन्द्र चोखाङ राई,सागर लिम्बु, सन्तोष रन्जन,बिक्रम गन्धर्व, लिला राई, सेर बहादुर रोक्का मगर, केसाब घर्ती मगर, अमर मगर, चुडा राना मगर, भिम सारु मगर, राजेस रसाली, धन बहादुर श्रेष्ठ र दुई वटा पद रिक्त राखिएको छ ।
नव निर्वाचित अध्यक्ष लगायत संपुर्ण पदाधिकारीहरुलाई पार्टीको तर्फवाट र ब्यक्तिगत को तर्फवाट हार्दिक बधाई तथा शुभकामना दिनु हुंदै अध्यक्ष राज खम्वुले कतारमा गठित यस पार्टिलाई अगाढी बढाउनका निमित्त सदस्यज्युहरुमा हार्दिक अनुरोध गर्दै संपुर्णमा हार्दिक धन्यवाद दिनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend