साझा नेटवर्क
गोकर्ण प्रकाश ज्ञवाली, गुल्मी आषाढ २५ ।
बलेटक्सार रुपन्देही सम्पर्क समाजको आयोजनामा आज गुल्मी बलेटक्सारस्थित श्रृंगेश्वर धाम(लेख)मा बृक्षरोपण तथा कृषिबन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुटवलमा स्थायी अस्थायी रुपमा रहेका बलेटक्सारेली युवाहरु एकिकृत भई आफ्नो क्षेत्रमा रहेको ऐतिहासिक एवं धार्मिकस्थलमा विविध महत्व बोकेका बोटहरु लगाएर हराभरा बनाउने एवं स्थानियहरुलाई कृषिवन सम्वन्धी जानकारी दिने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको बताईएको छ । कृषि अनुभवी हरि गैरेले कृषिवन सम्वन्धी अन्तरक्रिया गर्दै स्थानियको कृषिसम्वन्धी जिज्ञासा मेटाएका थिए ।

धामका पण्डित यदुकानन्द शर्माको सभापतित्व, बलेटक्सार गाविस सचिव शालीकराम पौडेलको प्रमुख आतिथ्यता, समाजका प्रतिनिधि सुजन ज्ञवालीको कार्यक्रम संयोजन, स्थानिय अगुवा समाजसेवीहरु, स्थानिय युवा क्लव, महिला समूह, वडा नागरिक मञ्च प्रतिनिधिहरु लगायत सयौं संख्याको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको संचालन समाजका सचिव हेम थापाले गरेका थिए । हातहातमा हसिया, कोदालो बोकेर कार्यक्रम स्थल पुगेका स्थानियहरुले समाजले उपलव्ध गराएका रुद्राक्ष, श्रृखंड, धुपी, सगुन लगायतका करिव दुईसय बिरुवा धाम परिसरमा रोपेका थिए । अतिथि पौडेलले बृक्ष रोपेर कार्यक्रमको शुरुवात गरेका थिए ।

गत वैशाखमा स्थापना भएको समाजले बैशाखमा भित्तेपात्रो प्रकाशन, जेठमा अग्निपिडितलाई राहत सहयोग कार्यक्रम, यही असार ११ गते वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यस्तै आगामी साउनमा रुपन्देहीबाट एसएलसीमा सहभागी बलेटक्सारेली उत्कृस्ट विध्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजका सचिव हेम थापाले बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend