logo
  • शनिबार, साउन ३० २०८३

सर्वनाममा समालको एकल बाँसुरी बादन “बासुरीका धुनहरु”


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाण्डौं, आषाढ २५।received_1113893711966844
प्रतिभावान बाँसुरी वादक मिन समालले शुक्रबार राजधानीको सर्बनाम थिएटरमा आफ्नो एकल बाँसुरी वादन “बासुरीका धुनहरु” प्रस्तुत गरेका छन। जरा फाउण्डेसन नेपालको आयोजना र सर्बनाम थिएटरको सहकार्यमा समालले एकल बासुँरी बादन प्रश्तुत गरेका हुन् ।

जरा फाउण्डेसन नेपालले लामो समयदेखी नेपाली कला साहित्य र संस्कृतिको उत्थान तथा प्रतिकुल अवस्थामा रहेका प्रतिभाहरुको सहयोगमा काम गरिरहेको छ । नेपाली साहित्यकारहरुलाई अन्तराष्ट्रिय साहित्यीक जगतमा चिनाउन फाउण्डेसन लागि परेको फाउण्डेसनका अध्यक्ष कृष्ण प्रसाईले जनाएका छन् । साथै प्रसाईका अनुसार फाउण्डेसन पछिल्लो समय सामाजिक कार्यमा पनि जुटिरहेको छ ।
received_1113886725300876
नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बरिष्ठ साहित्यकार तथा जरा फाउण्डेसनका अध्यक्ष कृष्ण प्रसाई, कृष्ण प्रसाइँ, सर्वनाम नाटकघरका संस्थापक अशेष मल्ल, प्राज्ञ मातृका पोखरेल, लेखक विवश पोखरेल, सङ्गीतकार बुलु मुकारुङ्, कवि देवेन्द्र केसी तथा भारतीय अभिनेता मुक्ति उपाध्यायले माला, दोसल्ला र खादा लगाएर सम्मान गरेका थिए ।
received_1113886731967542
करीब डेढ घण्टा चलेको समालको एकल बासुरी बादनमा खाषगरी पुराना साहित्यकारहको बाक्लो उपस्थिीती देखियो । कार्यक्र्रममा समालले राष्ट्रिय गानबाट सुरु गरेका बाँसुरीका धुनहरु शास्त्रीय संगीत हुँदै सुगम सङ्गीत, तथा लोक लोक र चलचित्रका गीत सम्म आईपुग्दा माहौल अत्यन्त भावुक देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend