logo
  • शनिबार, साउन ३० २०८३

पत्रकारलाई पुरस्कार र सम्मान लिन बन्देज लगाउदै नया आचारंहिता


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

press-council-bhawan-1काठमाडौं आषाढ २४ ।
पत्रकारितमा देखिएका विकृति नियन्त्रण गर्न प्रेस काउन्सिल नेपालले नयाँ आचारसंहिता तयार पारेको छ । पुरस्कार र सम्मानका नाउँमा पत्रकारलाई किन्ने प्रयास भएको भन्दै काउन्सिलले नयाँ पत्रकार आचारसंहिता जारी गर्ने भएको हो ।

प्रेस काउन्सिलले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र समाचार एजेन्सीलाई समेटेर नयाँ पत्रकार आचारसंहिता जारी गर्न लागेको जानकारी दिएको छ । पाँच परिच्छेदको मस्यौदामाथि प्रेस काउन्सिलले आज शुक्रबार एक कार्यक्रम गरी पत्रकार र अन्य सरोकारवालासँग सुझाव लिएको हो

प्रस्तावित आचारसंहितामा सार्वभौमसत्ता, राष्ट्रिय एकता, जातजाति, भाषा, धर्म र संस्कृतिमा खलल र्पुयाउने, जातीय र लैंगिक भेदभावलाई बढावा दिने, सार्वजनिक शिष्टाचार प्रतिकुल हुने सामाग्री प्रकाशनरप्रसारण गर्न नपाइने र स्रोत खुलाउनुपर्ने उल्लेख छ ।

व्यवसायीक मर्यादा विपरित सरकारी, गैरसरकारी र व्यापारिक निकायबाट पुरस्कार र सम्मान लिन नहुने, १६ वर्ष उमेर नपुगेका बालकालिकाको अन्तर्वार्ता र तस्वीर प्रकाशन र प्रसारण गर्दा अभिभावकको अनुमति लिनुपर्ने पनि मस्यौदामा उल्लेख छ । कार्यक्रममा सहभागीहरुले मस्यौदा अस्पष्ट र अपूरो भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend