साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी आषाढ २४।
सहसचिव स्तरको दरबन्दी सृजना भए पश्चात गुल्मी आएका प्रमुख जिल्ला अधिकारीको उदय बहादुर रानाले जिल्लामा रहेका सरकारी कार्यालयको अनुगमन सुरु गरेका छन् । पहिलो कार्यालयको रुपमा उनले सशस्त्र प्रहरी बल गुल्म गुल्मीलाई अनुगमन गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी रानालाई गुल्मपति शसस्त्र प्रहरी नायव उपरिक्षक दिग बिजय सुवेदीले स्वागत गर्नुका साथै गुल्मले जिल्लाको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा गुराएको भुमिकाको बारेमा जानकारी गराएका थिए । साथै लामो समय देखि गुल्मले झेल्दै आएको खानेपानी समस्या, विपद् व्यावस्थापन सामाग्रीको अभाव लगायतका बारेमा पनि सुदेवीले जानकारी गराए ।

पछिल्लो समय जिल्लामा शसस्त्र प्रहरीले आगोलागी नियन्त्रण, दुर्घटना, बिपद्मा उद्धार साथै सरसफाई अभियानमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ । साथै पछिल्लो समय गुल्मले जनतासंग शसस्त्र प्रहरी भन्ने नयाँ सामाजिक कामको पनि थालनी गरेको गुल्मपति सुवेदीले जानकारी दिए । सोहि अभियान अन्तरगत गुल्मपतिको नेतृत्वमा गएको १५ जनाको टोलीले रेसुंगा नपा ७ कुडापानीको अर्जुन प्राथमिक बिद्यालयमा श्रमदान गरेका छन् ।

निर्माणाधिन भवनको निर्माण कार्यमा टोलीले बिहान १० बजेबाट बेलुका ५ बजे सम्म ५ कोठे भवनको माटो हटाउने, ढुङ्गा फुटाउने तथा जग राख्ने काम गरी श्रमदान गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend