logo
  • शनिबार, साउन ३० २०८३

दुध डेरी सञ्चालन हुदा स्थानियको जिविकोर्पाजनमा सुधार


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिमल खड्का, बाग्लुङ आषाढ २४।
बागलुङको भिमगिठे गा.वि.स.मा दुध डेरी तथा बेकरी उधोग सञ्चालन भएपछि त्यहाका कृषकहरु हर्षित हुन थालेका छन। बजार सानो भएपनि गाउबाट सहरमा बालबालिकालाई पढाउन झरेको र त्यहाँका स्थानियको माग अनुसार आफुले व्यबसाय सञ्चालन गरेको दिपेन्द्र पुन बताउछन ।
deri baglung
उनी भन्छन ग्वालिचौर गाउबिकास समितिको वडा नं ८ बाट दैनिक २० लिटर र भिमगिठेकै वडा नं ५ बाट १५ लिटर दुध आयात हुने गर्दछ । त्यहाँका स्थानियले प्रति लिटर ५० रुपैयाको दरले पैसा पाउने र आफुले ६५ रुपैयामा बेच्ने गरेको र गाउबाट दुध बोक्नेलाई ७ हजार पनि दिएको उनले बताए ।

साथै उनी बाहेक ४ जना कर्मचारीहरुले उनको डेरीमा काम गर्ने र कामदारलाई तलब दिई करिब ८ देखि १० हजार फाईदा हुने सञ्चालक पुनले बताए । अझै किसान व्यबसायिक रुपले नलागेकाले किसानलाई प्रोत्साहन गरी आफले खर्वाङ खार खाल लगाएत ठाउलाई दुध पुराउने र अब १ लाख देखि २ लाख सम्मको व्यवसाय गर्ने लक्ष्य रहेको बताए ।

भिमगिठे बजार सानो भएकाले अहिले दैनिक ३० लिटर दुध बिक्री हुने उनले बताए । स्थापना गरेको ४ महिनामा राम्रै आम्दानी गर्न सफल भएका छन । उनले पाउरोटी साथै सानो पसल पनि चलाएका छन । अबका दिनमा दुध उत्पादनलाई बढाएपछि पशुसेवा कार्यलयले सहयोग गर्ने बताएको उनको भनाई छ  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend