logo
  • शनिबार, साउन ९ २०८३

हस्पिटालिटी एण्ड फुड सेफ्टी स्टाण्ड्रस तालिम सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल, गुल्मी आषाढ २४।
३ दिने हस्पिटालिटी एण्ड फुड सेफ्टी स्टाण्ड्रस तालिम सदरमुकाम तम्घासमा शुरु भएको छ । सदरमुकाम तम्घासका २० र जिल्लाका अन्य स्थानका १० जना गरी ३० जना होटल व्यावसायीहरुको तालिममा सहभागीता रहेको छ ।
20160707_123747
उनीहरुलाई होटलमा पाहुनाहरुलाई गरिने स्वागत सत्कार, भोजन व्यावस्थान लगायतका बिषयमा तालिम प्राप्त गराउने तथा समस्या र चुनौतीकाका बिषयमा सहजीकरण गराउने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक संस्था सोटेक नेपालका अध्यक्ष भरत चन्दले जानकारी दिनुभयो ।
20160707_125706
नेपाल पर्यटन तथा होटल व्यावस्थापन प्रतिष्ठान, जिल्ला विकास समिति, रेसुंगा नगरपालीका र पर्यटन वातावरण संरक्षण तथा सामुदायीक विकास समाज (सोटेक) नेपालको आयोजनामा तालिम संचालन भइरहेको छ । तालिममा प्रशिक्षक सुर्य किरण श्रेष्ट, शिवहरी लुइँटेल, श्रीराम तिमल्सेना र सुजन श्रेष्टले प्रशिक्षण दिइरहनुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले तालिम पश्च्यात यहाँका होटलहरुमा सकरात्मक सुधार भएको देख्न पाउने उभिलासा व्यक्त गर्नुभयो ।

साथै स्थानीय विकास अधिकारी डिलाराम पन्थीले बाहिरबाट आउने पाहुनाहरु सवैभन्दा पहिला सोझै होटलहरुले सम्पर्कमा रहने भएकाले जिल्लाको पहिचान कस्तो गराउने भन्ने जिम्मा व्यावसायीहरुको हातमा भएकाले गम्भिर भएर तालिमका नयाँ कुरा सिक्ने अनुरोध गर्नुभयो । सम्पुर्ण राजनितीक दलको तर्फबाट नेकपा माओवादी केन्द्रका विर बहादुर कार्कीले होटलहरुको बिषयमा बाहिर फैल्याइएको हल्ला सत्य नभएकाले प्रतिस्प्रर्धामा जान यहि अवस्थाले मात्र नपुग्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, होटल व्यावसायी संघका केन्द्रिय सदस्य युवराज भण्डारी, प्रशिक्षक सुर्य किरण श्रेष्ट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम पर्यटन वातावरण संरक्षण तथा सामुदायीक विकास समाज (सोटेक) नेपालका अध्यक्ष भरत चन्दको अध्यक्षता, उपाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयको स्वागत सदस्य कृष्ण भण्डारीको धन्यबाद तथा महासचिव गुणनिधी शर्माको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला क्रियाशिल राजनितीक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । ०७१ सालमा स्थापना भएको सोटेक नेपालले जिल्लाको कृषी र पर्यटनमा टेवा पुग्ने विभिन्न क्रियाकलाप क्रमिक रुपमा संचालन गर्दै लैजाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend