logo
  • शुक्रबार, असोज ९ २०८३

मोडलिङ भनेको अभिनय कला र क्षमता प्रदर्शन गर्नु हो : करिश्मा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

karishmaसुर्य चन्द, काठमाडौँ आषाढ २४ ।
मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भव नै छ । अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौँलाई कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरी करण हुदैछन ।

राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन ।  त्यसै सपना संग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ।
karismaत्यस्तै चाहना लिएर बिगतदुइ बर्ष देखि मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी मोडल हुन करिश्मा पौडेल अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । गायिका हुदै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी करिश्माले केहि म्युजिक भिडियोमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरि सकेकी छिन ।  केहि गितहरुमा पनि आफ्नो सुमधुर आवाज भरि सकेकी छिन ।
अभिनयमा पोख्त मोडल करिश्मा पौडेल सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । बुटवलमा जन्मेर हुर्केकी करिश्मा  भर्खर १९ औ बसन्तमा प्रवेश गरेकी छिन हेर्दा पनि निकै आकर्षित करिश्मा, हासी रहने शालीन स्वभाबकि छिन ।
मोडेल करिश्मा भन्छिन यदिराम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयाररहेको उनि बताउछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने करिश्मा  अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन । करिश्माले भनिन्, अब चलचित्र र मोडलिङ मै करियर  बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।
उनि भन्छिन  मानब जीवन भनेको संघर्ष हो मेहनत रपरिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।
परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी करिश्मा मोडलिङको नाममा र चर्चा कमाउनको लागि गलत कार्यमा नलाग्ने बताउछिन । करिश्मा भन्छिन मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्र लाइब्यबस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाइ अगाडी बढाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend