logo
  • शनिबार, साउन ३० २०८३

बिद्यालयको भवन निर्माणमा सुरक्षाकर्मीको श्रमदान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी आषाढ २३ ।
गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेर पनि ओझेलमा परेको एक बिद्यालयमा सुरक्षा कर्मीले बिद्यालयको भवन निर्माणमा श्रमदान गरेका छन् । गुल्मीको सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका वडा नं. ७ कुँडापानीमा रहेको अर्जुन प्राबिको बन्दै गरेको नयाँ भवनको जग पहिरोले निर्माण कार्य रोकिएपछी गुल्मीमा रहेको शसस्त्र प्रहरी वलका सुरक्षा कर्मीहरुले श्रमदान गरेका हुँन ।
school help -1
बिहिवार शसस्त्र प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी नायव उपरिक्षक दिगबिजय सुवेदी सहित १५ जना सुरक्षाकर्मीको टोलीले दिनभर नव निर्मित भवनको माटो हटाउँने तथा ढुङ्गा फुटाउने काम गरेको हो । सदरमुकाम नजिकै रहेर पनि बिद्यालयको भवन लगायत अन्य कुराहरुमा खासै बिकासको गति नल्याएको भन्दै बिद्यालय व्यवस्थापन समितीको आग्रह अनुसार सुरक्षाकर्मीहरुले समय मिलाएर श्रमदन गरेको शसस्त्र प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी नायव उपरिक्षक दिगबिजय सुवेदीले जानकारी दिनुभयो ।
school help -0
प्रहरीले अन्य दिनहरुमा पनि थप कामको लागी श्रमदान गर्ने प्रहरी नायव उपरिक्षक सुवेदीले बताउनु भयो । गत वर्ष शान्तिमन्त्रालयबाट ८ लाख भवन निर्माणको लागी क्रमागत बजेट परेकोले सोहि अनुसार भवन निर्माण गर्न शुरु गरेको बिद्यालय व्यावस्थापन समितीका अध्यक्ष खडानन्द पाण्डेयले बताउनु भयो । हाल सम्म भवन निर्माणको लागी क्रमागत बजेट र स्थानिय वासीको श्रमदान गरेर ४ लाख बरावरको काम भएको पाण्डेयले भनाई छ ।

२०३९ सालमा स्थापन भएको उक्त बिद्यालयको ५ कोठे पुरानो भवन रहेको छ । बिद्यालयमा हाल ७ जना शिक्षक कार्यरत रहेका छन् । शिक्षक मध्ये ३ जना स्थायी र ३ जना अस्थायी र १ जना वाल शिक्षाका शिक्षक रहेको बिद्यालय व्यावस्थापन समितीका अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो ।

कक्षा ५ सम्म अध्यापन हुने बिद्यालयमा हाल ४० जना बिद्यार्थीले अध्ययन गर्दै आएको अध्यक्ष पाण्डेयको भनाइ छ । हाल उक्त बिद्यालयमा बिद्यार्थीहरुको लागी स्वच्छ पिउने पानी, खेल मैदानको समेत अभाव रहेको अध्यक्ष पाण्डेयको भनाई छ ।

सदरमुकाम नजिकै ठुला अन्य बिद्यालय हुनु र नजिकै अन्य बिद्यालय हुनाले बिद्यार्थी सख्या पनि कम हुनुले बिद्यालय ओझेलमा परेको स्थानिय युवा सुर्य पन्थीले बताउनु भयो । नजिक नजिक बिद्यालयहरु रहेकोले बिद्यार्थीहरु बाडिदै जानुले सबै ध्यान कम पुग्न गएको हुन सक्ने पन्थीको भनाइ रहेको छ । भवन निर्माण निर्माण व्यवसायी र नेपाली सेनाले पनि श्रम दान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend