साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी आषाढ २३।
असार १६ गते बिहानको ११ बजे सिमसिम बर्षात थियो । चारैतिर खुल्ला २ पाखे टिनको छाप्रो मुनी एक अर्धबैशे युवती र दुई तीन जना केटाकेटी देखे । छाप्रोको पछाडी गरु पनि चरिरहेका थिए । मलाई लाग्यो गरु हेर्न आएका ओत लागेका होलान । ती युवती संगै एक बिद्यालय पोशाकमा रहेकी बालिका देखेपछि सोधे, यो के को छाप्रो हो सिस्टर ? उनले भनिन यो कालिका बाल विकास केन्द्र हो ।

उनी रैछन त्यहि केन्द्रमा पढाउने शिक्षिका विमला थापा । खै त बिद्यार्थी ? मैले विमलालाई प्रश्न गरे । उनले त्यहि एक जना बिद्यार्थीलाई देखाउँदै भनिन उ बिद्यार्थी म शिक्षिका । विमलाका अनुसार यो शैक्षिक सत्रमा १५ जना बिद्यार्थी भर्ना भएका थिए । भर्ना भएका सवै दलित बिद्यार्थी हुन । दर्लामचौर गाविस ३ सिम्पानी मा बालविकास केन्द्र छ । आसपासमा अधिकाँश दलित समुदाय छ । शिक्षिका विमलाले कसैले पनि छोराछारी नपठाउने गर्दा आफुलाई पनि समय कटाउन गाह्रो भएको बताइन ।
बिहान ११ देखि साढे दुई बजे सम्म पढाई हुन्छ, उनले भनिन न बिद्यार्थी आउँछन न बिद्यालय नै बस्ने जस्तो छ । २०६१ सालमा स्थापना भएको केन्द्रको संरचना पनि अत्यन्तै जीर्ण रहेको छ । दोहली स्रोत केन्द्रका स्रोत व्यतिm लाल बहादुर कुवंरले केन्द्र व्यावस्थापन समिति र गाविस सचिवलाई व्यावस्थापन वा स्थान्तरण गर्न निर्देशन दिएको बताए । उनले सरकारी अनुदान ३ हजार मासिक आउने तथा बाँकी सवै काम गाविसबाट हुने जानकारी दिए ।
गाविस सचिव जयपाल विककले केन्द्र प्रति बिद्यार्थी आकर्षण गर्ने बिद्यालयको पुर्वाधार तथा शैक्षिक पुर्वाधारहरु नभएकाले यो अवस्था सृजना भएको बताए । उनले अघिल्लो बर्षहरुमा गाविसको तर्फबाट केन्द्र व्यावस्थापनमा ध्यान नदिएको भन्दै अहिले आफुले जिल्ला तथा गाविसबाट ठोस पहल गर्ने जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend