logo
  • शनिबार, साउन ३० २०८३

स्कूल बसको ठक्करबाट ११ वर्षिया बालिकाको ज्यान गयो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली भारत आषाढ २३।
झापामा स्कूल बसको ठक्करबाट एघार बर्षिया बालिकाको ज्यान गएको छ । चारपाने,०४, बेलडाँगी स्थित देवकुल अंग्रेजी बोर्डिड्ग स्कुलको मे १ ख ९७२ नम्बरको बसले डाँगीबारी ८ बिहिबारेका अर्जुन राई कि एघार बर्षिया छोरी अनिशा राईलाई ठक्कर दिएको हो । बसको ठक्करबाट साईकल चलाईरहेकी अनिशाको घटनास्थल मै ज्यान गएको थियो ।
bus
बिहान डाँगीबारीका बिधार्थीहरुलाई लिन गएको बसले नौ बजे बिपरित दिशाबाट आउदै गरेकि बालिकालाई ठक्कर दिएको हो । ठक्करबाट साईकलको पछाडि बसेका बालक गम्भीर घाईते भएका छन । नाम खुल्न नसकेका घाईते बालकको बिर्तामोड अस्पतालमा उपचार भईरहेको मृतक बालिका छिमेकी मधु न्यौपानेले बताए ।

“घटनापछि ईलाका प्रहरी कार्यालय बिर्तामोडले बस चालक र बस धनिलाई नियंत्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसंधान गरिरहेको मृतकका छिमेकी मधु न्यौपानेलाई उदृत गर्दै काठमाण्डौबाट समाचार सहयोगी ताराबिर पाण्डेले जानकारी दिनुभयो । घटनापछि केहिबेर अबरुद्ध बनेको सडक अहिले सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend