logo
  • शनिबार, साउन ३० २०८३

कपिलवस्तुमा काम पुरा नहुंदै सिंचाइ बांध भत्कियो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

  • संसदिय बिकास कोषको लगानी आधा खोलामा, आधा झोलामा ।

भूपाल थापा, कपिलवस्तु आषाढ २३।
जिल्लाको भृकुटी नगरपालिका ९ (साविक राजपुर गाबिस वार्ड नं. ३) नयांबस्तीमा रहेको घोराही नाला सिंचाइ प्रणाली अन्र्तगत दशवरिया बांध काम सम्पन्न नहुदै भत्किएको छ । चालु आवको जेष्ठ महिनाबाट सुरु गरिएको काम असार १५ मै भत्किएर लथालिङग भएको छ ।

IMG_0674 कमसल निर्माण सामग्री र प्राबिधिक गल्तीका कारणले निर्माण कार्य पुरा नभइ भत्केको स्थानीयले बताएका छन् । बांधमा १५ मिटरको पर्खाल इन्जिनियरको स्टिमेट अनुसार लगाएको भएपनि नयां माटो पटानमा पर्खाल लगाउदा भत्किएको स्थानीयले बताए । स्थानीय उपभोक्ताहरुको रायसल्लाह बिपरित काम गर्दा यस्तो नियती भोग्नुपरेको स्थानीय गोपाल सुनारले आक्रोसित हुदैं खेतीपाती लगाउने बेला बांध भत्किदा ठुलो बिजोग भएको बताए ।

IMG_0676स्थानीय उपभोक्ताहरुले इन्जिनियरले रायसल्लाह बिनै काम सुरु गरेको समेत बताए । उपभोक्ता समितीका अध्यक्ष अब्दुल कलाम मुसलमानले बांध निर्माणको लागी स्वीकृत बजेट ३० लाख खर्च भइसकेको बताए । संसदीय बिकास कोषबाट जिल्लाका क्षेत्र नं. ३ का सांसद बृजेश कुमार गुप्ताले ३० लाख बजेट बांध निर्माणका लागी लगानी गरेका उनले बताए ।

IMG_0680बिकास निर्माणको क्षेत्रमा सांसदले लगानी गरेको बजेट उपभोक्ता समितीका अध्यक्ष कलाम र सिंचाइ डिभिजन कार्यालय कपिलबस्तुका इन्जिनियर सत्यदेव मण्डलको मिलेमतोमा आधा बजेट खोलामा हालेको र आधा झोलामा हालेको कतिपय स्थानीयले आरोप लगाए । स्वीकृत बजेटको आधा पनि खर्च नभएको स्थानीय बुद्धभगवान चौधरी (कुर्मी)ले बताए । उनले इन्जिनियर र अध्यक्ष कलामको मिलेमतोमा कम गुणस्तरको सामान प्रयोग गरि बनाइएको संरचना भत्किएको आरोप लगाए ।

IMG_0672सोहि कार्यका लागी पुराना २ लाख बराबरका ढुंगा समेत प्रयोग गरिएको स्थानीयले बताएका छन् । घोराही नालामा धेरै पानी आएको कारणले भत्केको दाबी गरेपनि हाल सम्म सामान्य पानी बाहेक नालामा बाढी नआएको स्थानीयहरु बताउछन् । समिती भित्र भागबण्डा नमिलेका कारण समयमा काम हुन नसकेको स्थानीयको आरोप छ ।

उपभोक्ता समितीका अध्यक्ष कलाम भन्छन् : “३० लाख सकियो, अव ५ लाख आफ्नै लगाउछु” ।
सिंचाइ बांध निर्माणका लागी गठित उपभोक्ता समितीका अध्यक्ष अब्दुल कलामले संसदिय बिकास कोषबाट प्राप्त ३० लाख खर्च गरिसकिएकाले अब भत्किएको बांकी संरचनाको निर्माणका लागी अब ५ लाख आफै लगानी गर्ने बताए ।

IMG_0670बांध निर्माण काम लगभग सम्पन्न हुदै गर्दा अचानक आएको बाढिले नयां संरचना भत्काएको दावी गरे । जसरी भएपनि जनताले पानी पाउनुपर्ने उनले बताए । इन्जिनियरको स्टिमेट अनुसार नै काम भएको भएपनि पर्खाल बरिपरि माटो राख्न वनले स्वीकृत नदिएको अध्यक्ष कलामले बताए । स्थानीयले इन्जिनियरसंग आफ्नो समस्या राख्न खोज्दा इन्जिनियर भागेको समेत उनले बताएका छन् ।

अहिले पनि कामलाइ जारी राखिएको दावी गरे । आफ्नो कार्यसमितीका पदाधिकारीको नाम समेत थाहा नभएका अध्यक्ष कलामले निर्माण कार्यमा कुनै किसिमको अनियमितता र घोटाला नभएको दावी गरेका छन् । रकम निकाशा ढिलो भएको र स्थानीय सामुदायिक बनले समयमा माटो नदिएका कारण समयमा काम सम्पन्न हुन नसकेको अध्यक्ष कलामले बताए ।

सामुदायिक वनका अध्यक्ष यादवले भने : “माटो झिक्दा बनसंग समन्वय नै भएन्”।
दशवरिया बांध संग सटिएको बनको माटो झिकेर नयां संरचनालाइ बलियोे बनाउने कोशिस गर्दा वनसंग सल्लाह नै नगरि माटो झिकिएको वनदेवी सामुदायिक बनका अध्यक्ष मोतीलाल यादवले बताए । बन छेउको संरक्षणका लागी आफुले २ क्विन्टल तार माग्ने कुरा उपभोक्ता समितीसंग माग राख्दा तार समेत नपाएको उनले बताए ।

बांध निर्माण सकिन लाग्दा सांसद गुप्ता र बन अधिकृत राकेश कर्ण लगायतसंग छलफल गरेपश्चात सामुदायिक बनबाट माटो निकाल्न सहमती जनाइएको उनको भनाइ छ । जेजसरी काम भएको भएपनि जनताको चित्त बुझाउने काम नभएको उनले बताए ।

५ चरणको काम लगभग सकिदा समेत उपभोक्ताले चासैं दिएनन : इन्जिनियर मण्डल ।
सिंचाइ डिभिजन कार्यालय कपिलबस्तुका इन्जिनियर सत्यदेव मण्डलले दशवरिया बांधको काम ५ चरणमा सम्पन्न भइसक्दा पनि स्थानीय उपभोक्ताहरुले स्थानीय श्रोत साधनमा चांसो नदिदा बांधमा ठुलो क्षति भएको बताए ।

उपभोक्ता समिती निरिह भएकै कारण यो स्थिती आएको बताए । स्वीकृत बजेट ३० लाख भएपनि आधा काम अपुरै रहदा २६ लाख भन्दा बढि भुक्तान गरिएको इन्जिनियर मण्डलले बताए । बांधको १२ मिटर हेडवाल, ५० मिटर लाइनिङ, १ गेट जडान, कुलो सफाइ, प्रोटेक्सन वर्क, जाली निर्माणको काम सम्पन्न भइसकेकोले लगभग पुरै बजेट स्वीकृत गरिएको मण्डलले थपे ।

यस योजनाबाट धनकौली गाबिसको धनकौली, मलवा, गगनी, बिजगौरी र राजपुरको पक्रेहटा मोहम्मदनगर लगायतका १२ गाउको जमिनमा सिंचाइ गर्ने योजना भएपनि महुवा गाबिसबाट पनि उपभोक्ता समितीमा समावेश गरिएको बताइन्छ । २०४३ सालमा करिब ५ लाखको लागतमा तत्कालिन प्रधानपंच केदार प्रसाद चौधरीको अगुवाइमा शुरु भएको दशवरिया बांध हाल सम्म पनि अलपत्र अवस्थामा रहेको छ ।

सिंचाइको सपना देखाउदै बिगत ३० बर्षदेखि धनकौली र राजपुर गाबिस भित्र आउने श्रोतको रकम तथा जनश्रमदानको लगानी हुदैं आएपनि यस बर्ष पनि स्थानीयको खेतमा पानी जाने संभावना कमै छ । स्थानीय राजनितीक दलका प्रतिनिधिका लागी उक्त बांध गोजी भर्ने सजिलो माध्यम बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend