साझा नेटवर्क
सुर्य चन्द काठमाडौँ आषाढ २३ ।
गायक गम्बु शेर्पा आफैमा एक चर्चित गायक तथा समाजसेवी पनि हुन । लामो समय देखि सांगीतिक फाटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक गम्बु अहिले शिक्षाको लागि संगीत नाम दिएर एसिया देखि युरोप अमेरिका सम्म धेरै मुलुकहरुको लागि डेढ महिना लामो सांगीतिक यात्रामा निस्केका छन ।
दुबईबाट सुरु हुन लागेको उनको सांगीतिक यात्रा दुबई, इटाली, इजराइल, साइप्रस, बेल्जियम, लन्डन हुदै अमेरिकामा समाप्त हुदै छ । ओखलढुङ्गा जिल्लामा जन्मेका गायक तथा समाजसेवी गम्बु शेर्पा बिगत १५ बर्ष देखि अमेरिकामा बस्दै आएका छन भने उनि फुड क्लोथ एजुकेशन डट ओ.आर.जी, थ्री जी साउण्ड इन्कका प्रेसिडेन्ट साथै नेपाल अमेरिकन आर्टिस्ट एसोसियसनका पूर्व प्रेसिडेन्ट सम्म रहेका छन ।
बिगत १५ बर्ष देखि गायन पेशालाइ अंगाल्दै आएका गम्बु शेर्पा एक राम्रो मनकारी बरिष्ट समाजसेवीमा अमेरिका तथा नेपालमा समेत चिर परिचित व्यक्ति हुन ।उनले बिगत देखि अहिले सम्म दिन दुखि पिडित अनाथ अपाङ्गलाइ मात्र नभएर कलाकारहरुलाई पनि सहयोग गर्दै आएका छन । उनले आफ्नो कमाईको केहि प्रतिशत समाजसेवाको लागि भनेर समेत छुट्टयाउने गरेका छन र उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै लगानी गर्दै आएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend