साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार २२ ।
सरुवाभई गुल्मी आउनु भएका प्रमु्ख जिल्ला अधिकारी उदय रानाले गुल्मीका पत्रकारहरु संग परिचयात्मक कार्यक्रम सगै अन्र्तक्रिया गर्नु भएको छ । बुधवार आफनै कार्यकक्षमा आयोजित भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रानाले पत्रकारहरुबाट जिल्लाको समग्र जानकारी दिनुभएको थियो ।
भेटघाटको क्रममा पत्रकारहरुले गुल्मी जिल्ला लोड सेडिङ्गमुक्त जिल्ला भएपनि बेला बेलामा बिद्युत अनियमित हुँदा यहाका सञ्चार माध्यमहरु सञ्चालन गर्न कठिनाई भएको गुनासो गरेका थिए । पत्रकारहरुले जिल्लामा सार्वजनिक जग्गा अतिक्रमण बढेको, जिल्लाका सदरमुकाममा रहेका सरकारी कार्यलय एकै स्थानमा नहँुदा जनतालाई सास्ती भएको, कतिपय कार्यलयहरुमा सेवाग्राही पुग्दै नपुगेको, जिल्लामा आत्माहत्या गर्नेहरुको सख्य बढ्दै गएकोले यसलाई रोकथाम गर्न जनचेतना मुलक कार्यक्रमहरुको कमी भएको बताएका थिए ।
वर्षातका कारण ग्रामीण क्षेत्रका सड्कहरु बिग्रीएको निहुँमा अत्यधिक वढी भाडा लिने गरेको प्रति ध्यान दिन आग्रह गरेका थिए । भेटघाटको क्रममा प्रमुख जिल्ला अधिकारी रानाले पत्रकारहरुले उठाएका विषयमा गम्भीर भएको भन्दै पत्रकारहरु संग सहकार्य गर्दै जिल्लामा सबैखाले कार्यमा हातेमालो गरेर अगाडी बढ्ने बताउनु भएको थियो ।
यसअधि गुल्मीमा रहनु भएका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेललाई गृह मन्त्रालयमा सरुवा गरेपछी राना प्रमुख जिल्ला अधिकारीको रुपमा गुल्मी आउँनु भएको हो । प्रजिअ रानाले मंगलवारबाट गुल्मीमा आफनो कार्यभार समाल्नु भएको थियो । सरकारले तीनवटा निर्वाचन क्षेत्र हुने सबै जिल्लामा सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाउने व्यवस्था गरेको ६ महिनापछि गुल्मीमा पहिलो पटक सहसचिव सिडिओको रुपमा राना आउनु भएको हो ।
राजपत्राङ्कित द्वितिय श्रेणीको कर्मचारी सिडिओ हुँदै आएकोमा यसपटक राजपत्राङ्कित प्रथम श्रेणीका उदय राना मगर सिडिओको रुपमा आउनु भएको छ । विभिन्न जिल्लाहरुमा काम गरेको अनुभव रहेका राना ईमान्दार कर्मचारी रुपमा चिनिन्छन् । युवा अवस्थामै सहसचिव भएका रानाले प्रशासन हाँक्न एकदम सक्षम र जुझारु कर्मचारीको रुपमा परिचित हुनुहुन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend