logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा घरेलु उत्पादित बस्तुको प्रचार प्रसार कमी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी असार २२ ।
गुल्मीमा उत्पादन भएका बस्तुलाई प्रचार प्रसार गरेर बजा व्यावस्थापन गर्न सबैले सहयोग गर्न एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा लघु घरेलु तथा साना उद्यमीहरुबाट उत्पादित समाग्री बिक्री कार्यमा सहजीकरण गोष्ठीमा उपस्थित सहभागीहरुले गुल्मीमा उत्पादन भएका सामाग्रीहरु बिक्री बितरण गर्न सबैले सहयोग गर्नु पर्ने बताएका हुन ।
gharelu -1
गुल्मीमा बिभिन्न समुहले उत्पाद गरेका घरेलु सामाग्रीहरु प्रचार प्रसारको अभावमा बिक्री बितरण नभएको प्रति गुनासो गरेका थिए । उत्पादित बस्तुहरु कम उत्पादन हुँदा बढि मुल्या भएकोले पनि बिक्री बितरणमा समस्या भएको प्रति सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रममा जिल्लाका बिभिन्न स्थानका लघु घरेलु तथा साना उद्यमीहरुबाट उत्पादित स्थानिय श्रोत र साधानबाट सामाग्रीहरु दुना टपरी, खरको डोरी, माटाबाट बनेका बिभिन्न सामाग्रीहरु, तामाबाट बनेका बिभिन्न सामाग्रीहरु, फाइवर झोलाहरु, बुटिक झोला तथा अन्य कपडाहरु, अर्गानी खुदोबाट बनेका बिभिन्न परिकारहरु, सुन्तलाबाट बनेका जुसहरु प्रर्दशन गरिएको थियो ।

गुल्मीमा लघु घरेलु तथा साना उद्यमीहरुबाट उत्पादित बस्तुहरु जिल्लामा कोसेली घरेले व्यवस्थित रुपमा बिक्री बितरण गर्ने भएको छ । जिल्लामा हाल केहि मात्रामा बिक्री भएता पनि अब केहि दिनमै बिस्तृत रुपमा स्वरुम खोलेरै कोसेली घर गुल्मीले यहाँका उत्पादन बिक्री बितरण गर्ने भएको छ । जिल्लामा उत्पादन भएका घरेलु सामाग्रीहरुलाई जिल्ला बाहिर पनि बिक्री बितरण गर्न कोसेली घरले समन्व्य गर्ने भएको बताएको छ ।

कार्यक्रममा बिभिन्न उत्पादन गर्ने लघु उद्यमीहरुले बजार व्यवस्थापनमा समस्या भएको प्रति गुनासो व्यक्तगरेकका थिए । कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यसलाई प्रचार प्रसार र वजार व्यावस्थापन गर्न सबैले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानिय बिकास अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला स्थित बिभिन्न राजनीतिक दलका प्रमुख, बिभिन्न कार्यलय,संघ संस्थाका प्रमुखहरु पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग गुल्मीका वरिष्ठ उद्योग अधिकृत कृष्ण पोखरेलले हाल सम्म जिल्लामा यस क्षेत्र संग सम्बन्धी कार्यमा भएका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend