logo
  • शनिबार, साउन ३० २०८३

वर्षातका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी असार २२ ।
केहि दिन यता परेको अबिरल वर्षातका कारण गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश सड्कहरु अबरुद्ध बन्दै गएका छन् । जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रका अधिकांश सड्कहरु बिग्रीएपछी जिल्लाको सदरमुकाम तम्घासबाट ग्रामीण क्षेत्रमा जाने सवारी जोखीम मोलेर भएपनी गन्तव्यमा जाने गरेका छन् ।
gulmi ka Sadak -3
जिल्लाको सदरमुकाबाट सिमलटारी, अर्जै, इस्मा, हस्तिचौर, छापहिले, घमिर, धुर्कोट, जैसीथोक पुर्कोटदह, पौदीअमराई, नेटा दर्लिङ्ग, इन्द्रेगौडा, शान्तिपुर लगायतका स्थानमा सम्म पुग्ने सवारी साधनहरु बाटो बिग्रीए पछी जोखिम मोलेर भएपनी जाने गरेका छन् । ग्रामीण क्षेत्रका कच्ची सड्कहरु वर्षातको पानीले खोल्ने तथा सड्क माथीबाट पहिरो जाने गर्नाले सवारी साधनहरुलाई गनतव्यमा पुग्न कठिन बन्दै गएको छ । वर्षातको पानिले सड्को नाली व्यावस्थित नहुदा सडक खोल्ने गर्नाले पनि ग्रामीण क्षेत्रका अधिकांश सड्कहरु बिग्रीएका छन् ।

ग्रामीण क्षेत्रमा बस सेवा बन्द
वर्षातको पानिले ग्रामीण क्षेत्रका सडकहरु बिग्रीए पछि गुल्मीको सदरमुकाम तम्घासबाट पश्चिम क्षेत्र नं. ३ का बिभिन्न स्थानमा बस जान छोडेका छन् । जिल्लाको सदरमुकाम तम्घासबाट क्षेत्र नं. ३ का १ दर्जन भन्दा वढी स्थानमा बस जान छोडेको पश्चिम नेपाल बस व्यावसायी संघ गुल्मी शाखा प्रमुख महेश काउछाले जानकारी दिनुभयो ।
gulmi ka Sadak -4
जिल्ला सदरमुकाम तम्घासबाट अर्जै, इस्मा, हस्तिचौर, छापहिले, घमिर, धुर्कोट, जैसीथोक पुर्कोटदह, पौदीअंमराई, नेटा दर्लिङ्ग, इन्द्रेगौडा सम्म बस जान छोडेको काउछाले जानकारी दिनुभयो । प्रमुख काउछाका अनुसार हाल तम्घासबाट छल्दीहुँदै फुलवारी सम्म मात्र बस जाने गरेको बताउनु भयो । वर्षातको पानिले बाटो बिग्रीएकोले बस जान नसकेको उहाँको भनाई छ । वस बाहेक जिप जोखिम मोलेरै भएपनि पुग्ने गरेका छन् ।

पाँच दिन देखि सडक अबरुद्ध
यता अबिरल वर्षा सगै गत पाँचदिनदेखि अबरुद्ध बनेको गुल्मी रिडी–रुद्रबेणी–वामी सडक अझै सञ्चालनमा आउन सकेको छैन् । अबिरल वर्षासगै सनिवार विहानदेखि तुराङ्ग, जोहाङ्ग, अश्लेवा गाविस क्षेत्रका बिभिन्न स्थानमा एक दर्जन भन्दा बढी ठाउँमा पहिरो खसेका कारण उक्त सडक अबरुद्ध बनेको हो ।

जिल्लाको अति व्यस्त मानिने सड्क अबरुद्ध भएपछी सयांै सवारी साधनहरु र यात्रुहरु अलपत्र परेका छन् । सडक खुलाउन निरन्तर डोजर प्रयोग भइरहेता पनि सडक माथिवाट पहिरो खस्ने क्रम जारी रहेकाले सडक सञ्चालनमा आउन थप समस्या परेको तम्घास सिमलटारी सडक आयोजनाका इन्जिनियर चन्द्रेश्वर शाहले जानकारी दिनुभयो ।

ढुङ्गा खसिरहेकोले सडक खुलाउन गाह्रो
अबिरल बर्षासगै गएको पहिरोले खैरेनीको साहाघाट भन्ने स्थानमा सडक माथिवाट ढुङ्गा झरिरहेको हुँदा डोजरलाई समेत काम गर्न समस्या परेकोले जिल्ला प्रशासन कार्यलयसंग समन्य गरेर चट्टान फुटाउन पहल भइरहेको इन्जिनियर शाहले जानकारी दिनु भयो ।

gulmi ka   Sadak -1ढुङ्गा फुटाउन नेपाली सेना संग सहकार्य प्रजिअ राना
अबिरल बर्षासगै गएको पहिरोले खैरेनीको साहाघाट भन्ने स्थानमा सडक माथिवाट ढुङ्गा झरिरहेको हुँदा डोजरलाई समेत काम गर्न नसक्ने भएपछी नेपाली सेनाको टोलीले अध्ययन गरेर ढुङ्गा फुटाउने बारे पहल भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिनुभयो ।

प्रजिअ रानाले नेपाली सेनाको टोलीले उक्त स्थानमा पुगेर ढुङ्गा फुटाउन बस्लाटीङ्ग गर्न पहल गरिरहेकोले छिट्टै बाटो सुचारु गर्ने कुरामा आफु गम्भीर रहेको बताउनु भयो ।

बाटो अबरुद्ध बनेपछी भुवाचिदी वामीटक्सारबाट बुटवल तर्फ जाने कतिपय सवारी साधनहरु सदरमुकाम तम्घास हुँदै बुटवलतर्फ जाने गरेको स्थानीय व्यवसायी ज्ञानहरी सापकोटाले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend