साझा नेटवर्क
चलचित्र हिट होला नहोला त्यो भोलिको समयले बताउने छ। चलचित्रमा समबेश गरिएको “पिक्चर हिट” बोलको गित भने हिट भएको छ । चलचित्रमा खिचिएको दृश्यहरु हिट हुने क्रममा त्यो भित्रको पिक्चर हिट भएको हो ।

छविराज प्रोडक्सनमा बनेको फिल्म ‘किस्मत’ले निकै सफलता कमाएपछि यसैलाई पछ्याउदै चाँडै प्रदर्शन हुन लागेको फिल्म ‘किस्मत २’को अडियो बिमोचन गरिएको छ ।
चलचित्र किस्मत–२ मा अर्जुन पोखरेल र दिपक शर्माको संगीत रहेको छ । उक्त फिल्ममा संगीतकार शर्माको संगीतमा रहेको पिक्चर हिट यतिबेला हिटको श्रृंखलामा उक्लिँदैछ । दिपक शर्माको संगीत, लेखु सहयात्रीको शब्द अनि कृष्ण काफ्ले र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफर गरेका छन् ।
सिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको अभिनय रहेको उक्त गीतमा मदन कास्यपको छायांकन, ऋषि लामिछानेको निर्देशन र छविराज ओझाको निर्माण रहेको छ । यो गीतले छोटो समयमा नै चर्चाको शीखर बटुल्न सफल भएको छ ।
हेर्नुहोस भिडियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend