टोपलाल अर्याल, गुल्मी आषाढ २२।
म बाँच्ने सम्भावना थिएन । आर्मीको ओत लागेर दरवारको भिरमा कैयौ रात बिते दोहली ६ का मन बहादुर दर्लामीले भने दिल बहादुर बस्नेतलाई त चिराचिरा पारेरै मारे । तत्कालीन समयमा गाउँमा माओवादी समातेर सेनालाई बुझाउने हिम्मत कसैको थिएन ।

त्यो आँट कसरी आयो मलाई पनि आश्चर्य लाग्छ उनले भने माओवादीको कालो सुचीमा थियौ फेला पारेको भए ज्यूँदो छोड्ने थिएनन । त्यो समयमा ज्यान हत्केलामा राखेर ल्याएको ब्यारेक सर्ने हल्ला छ, उनले भने त्यो भयो भने इस्माली जनताको आँसुले सराप्ने छ ।

इस्मा रजस्थल २ का डम्बर बिष्टले भावुक हुँदै भने इस्माली जनता र व्यारेक बिचको सम्बन्ध नङ र मासुको जस्तै भएकाले छुट्याउने कोशिस नगरियोस । गाउँका युवा र अगुवाले गाउँ छोड्नु पर्ने अवस्थामा सेनाले साथ दिएको थियो, उनले भने फल खाएर बृक्ष मार्नु हुन्न ।

दोहली ७ की ७५ बर्षे बृद्धा ज्ञानी कार्कीले पनि इस्माली सम्पुर्ण जनताको भावनालाई कदर गर्न आग्रह गरिन् । गाउँमा बस्नु थिएन राज्यको लागी ज्यान, घर र लैना भैसी समेत त्याग्यौ कार्कीले भनिन धोका भए अवरोध गर्छौ । मैले घरको टेवल बेचेर पनि सेनालाई सहयोग गरेको छु, दोहली ८ का दृष्टीबिहिन सोविराम पल्लीले भने हटाउने होइन स्थायी गराइनुपर्छ ।
०६१ चैत २० गते गाउँलेले ५ जना माओवादी समातेर सदरमुकामको सेनालाई बुझाएका थिए । जसले गर्दा सिंगो इस्मा क्षेत्र नै त्रसित थियो, कुन बेला कसलाई के हुन्छ भनेर । त्यहि सन्दर्भलाई मध्येनजर गरेर एमाले नेता तथा अगुवा लक्ष्मण बिष्टले स्थानीय सरोकारवालाहरुलाई जानकारी नै नदिई व्यारेक हटाउने निर्णय गर्ने जिल्ला सुरक्षा समितिको कडा आलोचना गरे । उनले व्यारेकलाई हट्न नदिन जुनसुकै मुल्य चुकाउन आफुहरु तयार रहेको बताए ।
व्यारेकलाई पर्ने हरेक अप्ठ्यारोमा इस्माली जनताको सहयोग छ, मनकामना पुजा व्यावस्थापन समितिका पूर्व अध्यक्ष चन्द्र महतले भने आगामी दिनमा त्यो सहयोग निरन्तर रहनेछ । त्यस्तै अर्का अगुवा नारायण पैयानीले जनताको सर्मथन र सहयोग हुँदाहुँदै व्यारेक हट्न नदिने बताए ।
उनले जनभावनालाई राज्यले पनि लत्याउन नहुनेमा जोड दिए । गुल्मपति महेन्द्र बहादुर पुनले इस्माली जनताको माया र सदभाव हुँदाहुँदै पनि तत्कालीन समयमा छरिएर रहेका व्यारेकहरु केन्द्रिकरण गराउने हेडक्वाटरको निति रहेको बताए । यो व्यारेक एक दिन अवश्य हट्छ, पुनले भने कम आवश्यक पर्ने स्थानबाट बढि आवश्यक पर्ने ठाउँमा सेना स्थान्तरण हुन्छ ।
असार १२ गते नै व्यारेक हट्ने सुचना पाएका स्थानीय अगुवाले तत्कालै त्यो अवस्था रोकेका छन् । गुरुगोरख गुल्म धागीथुमले गएको हप्ता स्थानीय सरोकारवालासंग व्यारेकको औचित्य बिषयमा अन्तरक्रिया समेत गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend