साझा नेटवर्क
कृष्ण हमाल, बहराइन आषाढ २२ ।
नेपाली क्लब बहराईनले इद अल फित्रको उपलक्ष्यमा इदको पहिलो दिन डेलमन ईन्टरनेसनल होटलमा भब्य संगीतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुन नेपालदेखि राष्ट्रिय स्तरका ख्यातिप्राप्त आमन्त्रित कलाकारहरु यतिबेला बहराइनमा छन ।

कार्यक्रमको बारेमा बताउदै चर्चित लोक तथा दोहोरी गायक राजन कार्कीले आजको दिन बहराइनमा कार्यरत नेपाली दाजुभाइ तथा दिदि बहिनिहरुको लागि बिशेष हुने भएकोले सबैजनालाइ उपस्थितिको लागि गरेका छन ।
निकै मिठो स्वरकी धनी मात्र हैन रुपकी पनि उत्तिकै सुन्दरी चर्चित गायिका मेलिना राइले पनि आफ्नो सांगीतिक यात्राको दौरानमा अहिले सम्मकै उत्कृस्ट प्रस्तुती बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुको लागि पस्केर भरपुर् मनोरंजन दिने बताइन ।
चर्चित नायिका रजनी गुरुङले आफ्नो प्रस्तुति दिन निकै आतुर भएकोले गर्दा नेपाली क्लब बहराइनले आयोजना गरेको कार्यक्रममा सबैलाइ उपस्थितिको लागि बिशेष अनुरोध गर्दै बहराइनको माहोलमा बेग्लै छाप छोड्ने आफ्नो प्रस्तुति रहने जानकारी दिईन ।
त्यसैगरी अहिलेका युवा पुस्ताका पपस्टार अनिल सिंहले साझा नेटवर्कसंग कुरा गर्दै आजको कार्यक्रममा आफ्नो प्रस्तुति निकै बेग्लै हुने कुरा बताए । अहिलेसम्मको आफ्नो सांगीतिक यात्राको दौरानमा पाएको माया यसपटक बहराइनमा अझै धेरै दोब्बर बनाउनका लागि सबैलाइ कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरे।
कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम भैसकेको जानकारी दिंदै नेपाली क्लब बहराइनका महासचिब दीपक गुरुङले सबैलाइ उपस्थित भएर भब्य सभ्य र अनुसाशित रुपमा सफल बनाई दिनु हुनको लागि अनुरोध गरेका छन । साझा नेटवर्कसंगको कुराकानीमा गुरुङले ६ जुलाई २०१६ को दिन डेलमोन इन्टरनेसनल होटेलको अडीटरियम सांगीतिक कार्यक्रम बिशेष हुने समेत जानकारी गराए।
इदको अवसरमा आयोजना गरेको कार्यक्रममा सम्पूर्ण दर्शक महानुभावहरुलाई कार्यक्रम हेर्न समयमा नै उपस्थित भई यस कार्यक्रमलाई भब्यताको साथ सफल परिदिनुहुन बहराइन बासी नेपाली दाजुभाई दिदिबहिनीहरु लगायत सम्पूर्ण संघ, संस्था, संगठन एंव नेपालीहरुलाई सहयोग गरिदिन अध्यक्ष कमल श्रेष्ठले अनुरोध गरेका छन ।
कार्यक्रम स्थानीय समय अनुसार बहराइनको डेलमोन इन्टरनेसनल होटेलको सभा हलमा साझको ७ बजेबाट सुरु हुदै छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend