साझा नेटवर्क
काठमाडौं, आषाढ २१।
एनसेलका ग्राहकले भारतमा अझ सुलभ शुल्कमा कुरा गर्न पाउने भएका छन् । एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले घटाउँदै ‘इन्डिया कलिङ’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले अब करबाहेक १.९९ रुपैयाँ प्रतिमिनटेमा भारतमा कल गर्न सक्नेछन् ।
यसअघि भारतका लागि कल महशुल करबाहेक २.९९ रुपैयाँ प्रतिमिनेट थियो । इन्डिया कलिङ योजना यहि बुधबारदेखि तीन महिनाका लागि लागु हुने बताइएको छ। ग्राहकले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी यो योजनामा निशुल्क सहभागी भई सुलभ दरको लाभ लिन सक्ने कम्प्नीले बताएको छ । साथै ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि योे योजना सुचारु गर्न सक्छन् ।
भारतमा ठूलो संख्यामा नेपालीहरु शिक्षा तथा रोजगारीका निमित्त बस्ने गरेका छन् । त्यस्तै, थुप्रै नेपालीहरु भारतसँग व्यापार व्यवसायमा संलग्न रहेका छन् भने प्रत्येक वर्ष भ्रमण तथा तीर्थका लागि पनि नेपालीहरु भारत जाने गरेको छन् ।‘यो योजनाले हाम्रा ग्राहकलाई भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाई र व्यावसायीक साझेदारहरुसँग अझ सुलभ शुल्कमा कल गरी सम्पर्कमा रहिरहन सहयोग पुर्याउने छ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
यो योजना ग्राहकलाई सुलभ दरमा गुणस्तरिय सेवा प्रदान गर्ने एनसेलको प्रतिबद्घता अनुरुप ल्याएको एनसेलको दाबी छ । ग्राहकले आईभिआर नम्बर १७१०७ मा डायल गरेर निःशुल्क रुपमा यो योजनाको बारेमा थप जानकारी लिन सक्छन् र प्राप्त जानकारी अनुसार योजनामा सहभागी हुन सक्छन् । योजनामा सहभागी भएका ग्राहकले अंग्रजीमा ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई यो योजनाबाट बाहिरीन पनि सक्छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend