logo
  • शनिबार, साउन ३० २०८३

पश्चिमाञ्चलमा संचालित खेलकुदका योजना अनुगमन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

पोखरा, आषाढ २१।
पश्चिमाञ्चल विकास क्षेत्रमा भैरहेका खेलकुदसंग सम्वन्धित योजनाको अनुगमन सुरु गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आफु मातहतका १६ जिल्लामा भैरहेका खेलकुद गतिविधिको मंगलबारबाट अनुगमन गरेको छ ।
khal
पश्चिमाञ्चलका नवलपरासी, रुपन्देही, कपिलबस्तु, गुल्मी पाल्पा लगायतका जिल्लामा भैरहेका पूर्वाधार निर्माणको अनुगमन गरिएको क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिए । पछिल्लो सयम रकमान्तर भएर पश्चिमाञ्चलका १६ जिल्लाका लागी आएको २ करोड बढि बजेटबाट खेलकुदका लागी आवश्यक पूर्वाधार निर्माण भैरहेका छन् । बजेट निकासा हुने तर काम नहुने प्रबृत्ति रहेकाले पत्यक्ष अनुगमन गर्न आफै पुगेको उनले बताए ।

काम भएको छ छैन, त्यहा आवश्यक पूर्वाधार के हो भन्ने बारे जानकारी लिने अनुगमन आवश्यक रहेको बताउदै रकम एउटा बजेट अन्तै खर्च हुने गरेको विगतको परम्परालाई तोडन पनि अनुगमन गरिएको बताए । अध्यक्ष पौडेलले खेलकुदको बजेट जिल्लास्तरमा प्रभावकारी नहुने भएकाले प्रत्यक्ष निगरानी गर्ने कार्यको थालनी गरिएको समेत बताए ।

अनुगमनका क्रममा पश्चिमाञ्चलका सवै जिल्लामा काम भैरहेको बताउदै अन्य जिल्ला भन्दा नवलपरासीमा प्रभावकारी काम भएको बताए । ‘अन्य जिल्लामा पनि काम त भएका छन तर नवलपरासीमा स्थानिय र जिल्ला खेलकुद विकास समिति वीचको सहकार्यमा भौतिक संरचना निर्माणमा राम्रो भएको छ । ’

उनले प्रत्यक्ष अनुगमनले आगामी वर्ष आवश्यक भौतिक संरचना निर्माणका लागी मात्रै बजेट वितरण गरिने र ती जिल्लामा सम्भावना भएका खेलहरुको अध्ययन गदै त्यही अनुसार बजेटको ब्यवस्था गरिने मसते बताए ।

अनुगमनमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष पौडेल सहित कार्यालय प्रमुख लक्ष्मण योगी, क्षेत्रीय सदस्य सम्पन्नमान श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend