साझा नेटवर्क
अनिल खत्री, गुल्मी आषाढ २१ ।
पश्चिम नेपाल बस व्यावसायी संघले गुल्मीबाट बुटवल र काठमाडौंका लागी स्तरिय डिलक्स वस सुचारु गरेको छ । यात्रु महानुभावहरुको माग र चहनालाई पुरा गर्ने उदेश्यले संघले गुल्मीबाट सुबिधा सम्पन्न स्तरिय डिलक्स वस र हाइस सेवा सुचारु गरेको पश्चिम नेपाल बस व्यावसायी संघ गुल्मी शाखा प्रमुख महेश काउछाले जानकारी दिनुभयो ।

संघले २०१५ मोडलका सुबिधा सम्पन्न डिलक्स वस सेवा सगै हाइस सेवा पनि थप गरेको छ । डिलक्स वस सेवा सहित वुटवल काठमाडौंको लागी हाइस सेवा पनि सुचारु गरिएको प्रमुख काउछाले जानकारी दिनुभयो । डिलक्स वसमा २४ इन्चको टिभी, फ्रि वाइफाई, मावाइल चार्ज, आरामदायी सिट सुबिधा रहेको काउछाले जानकारी दिनुभयो ।

पश्चिम नेपाल बस व्यावसायी संघले गुल्मीबाट वुटवलका लागी प्रत्येक दिन ३०÷३० मिनेटमा र काठमाडौका लागी बिहान ५ बजे, बिहन ५.४५ बजे हाइस, दिउसो २. ३० बजे र बेलुकी ३.१५ बजे र ४ बजे छुट्ने गरेको पश्चिम नेपाल बस व्यावसायी संघले गुल्मीले जनाएको छ ।
यात्रु महानु भावको मागलाई पुरा गर्न सुबिधा सम्पन्न स्तरिय सेवा सहित वसहरु थप्दै संघले अब सबै पुराना मोडलका गाडीहरु बिस्तारै हटाएर नयाँ मोडलका गाडीहरु थप्ने तयारी गरीरहेको काउछाले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend