logo
  • शनिबार, साउन ३० २०८३

बागलुङको पश्चिमि भेग बाढिको उच्च जोखिममा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

विमल खड्का, बागलुङ आषाढ २१।
बाग्लुङको पश्चिमा मध्य पहाडी लोकमार्गमा पर्ने देबिस्थान गाउबिकास समिति वडा नम्बर ७ जुग्जाखोलामा हिजो देखिको अबिरल बर्षा सगै आएको बाढीले झलुङ पुल बाढीले बगाएको छ ।  मध्य पहाडी लोक मार्गको पुलमा पनि क्षेति भएको छ ।
13617444_1751442235110692_110954654_n
स्थानिय आश बहादुर बिक टेक बहादुर दर्जि लगाएत स्थानियको १० घर जोखिममा रहेको बताएको छ । ठक बहादुर बि.कको भने दोकानमा बाढि पस्दा पसलका सामानहरु तथा लत्ताकपडा खोलाले बगाएको र घर बाट नै खोला बगेको बताएको छ । त्यस्तै आमा समुह र कल्बको भबनमा पनि बाढीले क्षेती पुगाएको स्थानिय तम बहादुर कुंवरले बताएको छन ।
13598898_1751442231777359_626272437_n
त्यस्तै देबिस्थान गाउबिकास समितिको वडा नम्बर २ मा पनि बाढीले २ घरमा बाढीले क्षेती पुराएको बताएको छ । साथै खोलाका आस्पासका खेतहरु पनि बाढीले बगाएको छ । भने आज पनि बढी बर्षा भएमा देबिस्थानकै वडा ७ को जुग्जा खोला बाढीको खतरमा रहेको छ । त्यस्तै बोहोरागाउमा पनि २ वटा घरमा क्षेती पुराएको छ । स्थानियको घरमा बाढी पस्दा लताकपडा अन्नपात खोलाले बगाएपछि स्थानिय आफन्तकोमा बस्न बाध्य रहेका छन ।

बुर्तिबाङकै पाखुते भन्ने स्थानमा पनि बाढीले घरमा पस्दा स्थानियहरु आफन्तकोमा बस्दै आएको ईलाका प्रहरी कार्यलयका प्रमुख शिब क्षेत्रीले बताएका छन । साथै उनले भने बाढी धेरै ठाउमा आएको आफुले टोलि खटाएको र पछि मात्र थाहा हुने बताएका छन । तर अहिले सम्म पनि मानविय क्षेतीको बिबरण नआएको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend