logo
  • शनिबार, साउन ३० २०८३

पहिरोले घर पुरिदा प्युठानमा ८ को मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी आषाढ २१ ।
छिमेकी जिल्ला प्युठानमा गएरातीको अविरल वर्षा संगै आएको पहिरोले घर पुरिदा दुई परिवारका ८ जनाको मृत्यु भएको छ । रजवारा गाविस वडा नम्वर–३ नेटाका दुर्गाबहादुर मल्लको घर पुरिँदा उनका परिवारका ५ जना र पुजा गाविस–३ का ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

आज विहान ५ वजे मात्रै खवर आएको र प्रहरीको टोली त्यस तर्फ पठाईएको प्युठानका जिल्ला प्रहरी प्रमुख किशोर राठौरले जानकारी दिए । सदरमुकाम खलाङ्ग देखि घटना स्थल गाडीमै चार घण्टाको दुरीमा पर्ने र प्रहरी अहिले त्यहाँ पुगी नसकेकोले विस्तृत विवरण आई नसकेको राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend