साझा नेटवर्क
रवि रोषी, कतार ।
एभरेष्ट नेपाल युथ एसोसिएसन दोहा कतारले संकलन गरेको सहयोग रकम इदको तेश्रो दिन साँझ ५ बजे शालिमार होटलको हलमा हस्तान्तरण गर्ने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशन द्धारा भुकम्पबाट आवास विहिन भएकाहरुको लागि भवन तयार गरी पहिलो चरणको तयारी घरहरु यस अघि हस्तान्तरण गरिसकेका छन् ।
पुर्ण रुपमा घर क्षति भएका घरवार विहिन गिरानचौरवासीका लागि घर निर्माण गरी हस्तान्तरण गर्ने कार्यक्रमको सघाउको लागि एसोसिएसनले कतारबाट सहयोग संकलन अभियान सुरु गरेको हो । एसोसिएसनका अध्यक्ष उत्तम गुरुङको विशेष पहलकदमीमा सुरु भएको सहयोग रकम हाल सम्म १० लाख पुगिसकेको महासचिव बलहरि रानाले बताए ।
नजमाको शालिमार होटलमा इदको तेश्रो दिन अथवा शुक्रवार धुर्मुस सुन्तली तथा अन्य कलाकारहरुको रोहवरमा हस्तान्तरण गरिने कार्यक्रम रहेको अध्यक्ष गूरुङले बताए । विविध साँस्कृतिक कार्यक्रमहरु सहित आयोजना गर्न लागिएको सो कार्यक्रममा सहयोगदाता सबैलाई कलाकार, अभियन्ताको तर्फबाट सम्मानपत्र प्रदान गरिने कुरा अध्यक्ष गुरुङले बताए ।
एभरेष्ट नेपाल युथ एसोसिएसन कतारद्धारा चलाईएको सहयोग संकलन अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगदाताहरुलाई विशेष सम्मानपत्रले सम्मान गरिने भएको हुँदा सम्पुर्ण सहयोगदाताहरुलाई पनि उपस्थित हुन आग्रह गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend