साझा नेटवर्क
अनिल खत्री, गुल्मी आषाढ २०।
गुल्मी जिल्लमा सहकारीको विकास, समस्या र समाधानका उपायहरु विषयक एक दिने अन्र्तक्रिया सम्पन्न भएको छ । जिल्ला सहकारी संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रमा सहकारीको विकास, समस्या र समाधानका उपायहरुको बारेमा छलफल गरिएको थियो ।
अन्र्तक्रियामा नेपालमा सहकारीको विकास, गुल्मी जिल्लामा सहकारीको विकास, गुल्मी जिल्लाका सहकारी संघ÷संस्थाहरुमा देखा परेका समस्या र समधानका उपायहरु, जिल्ला सहकारी संघको भूमिका लगायतका बारेमा छलफल गरिएको थियो ।
अन्र्तक्रियामा सहभागीहरुले सहकारीको विकास, गुल्मी जिल्लामा सहकारीको विकासको बारेमा बिभिन्न सुझाव सल्लाह दिएका थिए । हाल गुल्मी जिल्लामा २ सय ४८ वटा सहकारी संघ संस्थाहरु संचालित छन् । जसमध्ये १ जिल्ला सहकारी संघ, ५ वटा विषयगत जिल्ला संघ र २ सय ४२ वटा प्रारम्भिक सहकारी संस्थाहरु छन् ।
सहकारी मध्ये महिला सहभागिता ६१ प्रतिशत रहेको छ । सहिलाद्धारा मात्र सञ्चालित बिभिन्न प्रकृतिका सहकारी संस्थाहरु ४२ वटा रहेका छन् । संस्थाहरुको कुल शेयर पूँजि १७ करोड ४८ लाख रहेको छ । निक्षेप ४८ करोड ६८ लाख रहेको छ । सहकारी संस्थाहरुको माध्यमबाट करीव ५ सय व्यक्तिहरुले प्रत्यक्ष रोजगारी प्रप्त गर्ने अबसरमा पाएका छन् ।
जिल्लामा सञ्चालित सस्थाहरु सहकारी सिद्धान्त, मुल्य र मान्यता विपरित सञ्चालनमा भएको भन्दै डिभिजन सहकारी कार्यालय पाल्पाद्धारा ८ वटा खारेजीमा परेका छन् । अन्र्तक्रियामा सहभागितहरुले आगामी दिनहरुमा सहकारीको विकास, गुल्मी जिल्लामा सहकारीको विकास गर्न महत्व पूर्ण सुझाव दिएका थिए ।
जिल्ला शहकारी संघ गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित सहकारी संघ संग आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला शहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापाको अध्यक्षता र स्थानिय बिकास अधिकारी डिलाराम पन्थीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन संघका व्यवस्थापका युवराज आचार्यले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend