logo
  • शनिबार, साउन ३० २०८३

तिन दिनदेखि गुल्मीको रिडी–रुद्रवेणी–वामी सडक अवरुद्ध


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी आषाढ २० ।
अविरल वर्षा सगै गत तीनदिनदेखि अबरुद्ध बनेको गुल्मी रिडी–रुद्रबेणी–वामी सडक अझै सञ्चालनमा आउन सकेको छैन् । अविरल वर्षासगै सनिवार विहानदेखि तुराङ्ग, जोहाङ्ग, अश्लेवा गाविस क्षेत्रका बिभिन्न स्थानमा एक दर्जन भन्दा बढी ठाउँमा पहिरो खसेका कारण उक्त सडक अबरुद्ध बनेको हो ।

received_1159889954074777जिल्लाको अति व्यस्त मानिने सड्क अबरुद्ध भएपछी सयौ सवारी साधनहरु र यात्रुहरु अलपत्र परेका छन् । सडक खुलाउन निरन्तर डोजर प्रयोग भइरहेता पनि सडक माथिवाट पहिरो खस्ने क्रम जारी रहेकाले सडक सञ्चालनमा आउन थप समस्या परेको तम्घास सिमलटारी सडक आयोजनाका इन्जिनियर चन्द्रेश्वर शाहले जानकारी दिनुभयो ।

अबिरल बर्षासगै गएको पहिरोले खैरेनीको साहाघाट भन्ने स्थानमा सडक माथिवाट ढुङ्गा झरिरहेको हुँदा डोजरलाई समेत काम गर्न समस्या परेकोले जिल्ला प्रशान कार्यलयसंग समन्य गरेर चट्टान फुटाउन पहल भइरहेको इन्जिनियर शाहले जानकारी दिनु भयो ।

बाटो अबरुद्ध बनेपछी भुवाचिदी वामीटक्सारबाट बुटवल तर्फ जाने कतिपय सवारी साधनहरु सदरमुकाम तम्घास हुँदै बुटवलतर्फ जाने गरेको स्थानीय व्यवसायी ज्ञानहरी सापकोटाले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend