साझा नेटवर्क
कुमार “अविरल” पन्थी ।
सार्थक डिजिटलको प्रस्तुतीमा सरस्वती थापा क्षेत्री (सरु)को रोइला गित सार्वजनिक भएको छ । “धादिङ आउ है बटुवा” बोलको रोईला गित युटुब मार्फत सार्वजनिक भएको हो। धादिङको रहन सहन र वातावरणलाई प्रेममय रुपमा प्रस्तुत गरिएको गितमा जिवन पन्त र बिनु तामाङले स्वर दिएका छन । नेपालमा गित सङ्गीतको बजार हेर्ने हो भने अहिले माया प्रेम बिनाका गीतले खासै चर्चा पाउदैनन ।
धादिङमा जन्मिएकी गायिका विनुले करिब दुई सय गीतमा स्वर दिइसकेकी छन् । आधा दर्जन भन्दा बढी आफ्नै गीत बजारमा ल्याइसकेकी छिन । पछिल्लो समयमा नेपाली गित सङ्गीतको क्षेत्रमा ठट्यौला उताउला र माया प्रेमका गीतले मात्र बजार लिने गरेतापनि विनुले भने प्राय सेन्टिमेन्टल गीतहरु गाउने गरेको साझा नेटवर्कलाई बताइन ।
“धादिङ आउ है बटुवा” बोलको रोईला गीतमा पारस थापा र जिवन पन्तको लय तथा शब्द रहेको छ । कालु तामाङ (अनिस)ले निर्देशन गरेको भिडियोमा मोडल विजय थापा र दुर्गा गोदारले अभिनय गरेका छन । भिडियोलाई करन चैसीरले छायाँकन तथा अमर शाक्यले सम्पान गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend