logo
  • शनिबार, भाद्र २० २०८३

इराकमा कार बम विष्फोट ७९ जनाको मृत्यु, सयौ घाइते


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

(एजेन्सी) आषाढ १९ ।
ईराकको राजधानी बग्दाद नजिकै कराडामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा कम्तिमा ७९ जनाको मृत्यु भएको छ  । उक्त विस्फोटमा परी १ सय ३० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश बालबलिका रहेको बताइएको छ । रमदानको महिना चलिरहदा रेस्टुरेन्ट तथा बजार क्षेत्र नजिकै एउटा कार बम बिस्फोट गराइएको थियो ।
iruq
रमदानका लागि बजारमा किनेमेल गर्नेको भीड भएको समयमा बिस्फोट भएकाले बढी मानवीय क्षती भएको अधिकारीहरुले बताएका छन् । बजार क्षेत्रमा भएको बिस्फोट लगत्तै सिया मुस्लिमको बाहुल्य रहेको क्षेत्रमा अर्को बिस्फोट भएको थियो । बिस्फोटको जिम्मा ईस्लामिक स्टेट आईएसले  लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend