logo
  • शनिबार, साउन ३० २०८३

चुनावको मिति वारम्वार सारेपछि निर्देशक समाज फुटको संघारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, आषाढ १९।
बिना सूचना निर्देशक समाजको चुनाव स्थगित भएपछि निर्देशकहरूमा खैलाबैला भएको छ । निर्देशकहरूको आ–आफ्ना धारणा पोखिरहेका छन् भने समाज लगभग फुटको संघारमा समेत पुगिसकेको छ । यसअघि कोषाध्यक्ष सुटिङमा रहेको भन्ने सामान्य कारणवाट स्थगित भएको चुनाव यसपटक भने विना कारण नै स्थगित गरिएको छ ।

असन्तुष्टि पोख्दै अध्यक्षकी दावेदार एँव हालकी प्रथम उपाध्यक्ष सुचित्रा श्रेष्ठले भने फेसवुक मार्फत असन्तुष्टि आफूलाइनै सूचना नदिएको भन्दै असन्तुष्टि पोखीन ।निर्देशक समाजको चुनाव दुईपटक स्थगित भइसकेको छ । पछिल्लो समय निर्देशकहरूको बाह्य मत गणना गर्दा लगभग दुई तिहाई निर्देशकको समर्थन सुचित्रा श्रेष्ठलाइ रहेको छ ।

बरिष्ठ चलचित्र निर्देशक निर शाह, विकास बोर्ड अध्यक्ष राजकुमार राई देखी अन्य बरीष्ठ निर्देशकहरू र अधिकांश युवा निर्देशकहरू खुलेरै श्रेष्ठलाई जिताउन लागिपरेका छन् भने यस अघि समाजका अध्यक्षमै उम्मेदवारी घोषणा गरेका बरिष्ठ निर्देशक रमेश बुढाथोकी, श्याम राई, राजु केसी आदि सुचित्रा श्रेष्ठसँग चुनाव नलड्ने अनौपचारिक घोषणा गरिसकेको देखीन्छ । संस्था स्थापना देखी हालसम्म कार्यसमितिमै रहेर काम गर्ने र हालको बरीष्ठ उपाध्यक्ष रहेकी एक मात्र निर्देशक हुन् सुचित्रा श्रेष्ठ यसर्थ पनि श्रेष्ठको संभावना अन्य उम्मेदवारभन्दा बढी देखिन्छ ।

“निर्देशक समाजको चुनावमा कसैको समर्थन र विरोध नगर्ने बताउदै आउनुभएका अध्यक्षज्युले किन चुनाव सार्दे हुनुहुन्छ मलाई थाहा भएन, पछिल्लो असार १८ गतेबाट नसार्ने सहमति भएको थियो ।, मैले चुनावी तयारी समयमै सकौ भनेर धेरै पटकभन्दा पनि उहाँहरूले हुन्छ मात्रै भन्नुभयो तर व्यवहारमा भएन” श्रेष्ठले बताइन । “केही निर्देशक साथीहरूले त नेपाल चलचित्र निर्देशक समाजले निर्देशकको हक हितमा काम गर्न सकेन अब अर्को गठन गर्नुपर्छ पनि भन्नुभएको छ तर मैले सकेसम्म हामीहरूले आफूले स्थापनाकालदेखीनै मेहनेत गरेर हुर्काएको समाजको विकल्प नसोचौँ भनिरहेको छु ।

गैर राजनैतिक, गैरजातीय, गैरबगीैय निर्देशक समाजमा राजनीति हुन्छ, भने उहाँहरूको कुरा पनि ठिकै हो ।” श्रेष्ठले भनिन् । बिना सूचना समाजको चुनाव पटक पटक स्थगित हुनुले अब निर्देशक समाज पनि फुटको संघारमा पुगेको जस्तो देखिन्छ । समाजको अर्को चुनावी मिति भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend