logo
  • शनिबार, साउन ३० २०८३

गायक महत र शितलको नेपालमा “पानीजहाज” आयो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी आषाढ १९।
नेपालमा पानी जहाज चल्ने भएको छ । सरकारले नेपालमा पानी जहाज चलाउँने भनी रहेको बेला गायक बैकुण्ठ महत र गायिका शितल शर्माले भने गित मार्फत नेपालमा पानी जहाज चलाउँने भएको कथा बस्तुमा “पानीजहाज” नयाँ गित सार्बजनिक गरेका छन् । बर्तमान सरकारले नेपालमा पानीजहाज चलाउने कुरा गरिरहेका बेला गायक महतले पनि गित मार्फत पानी जहाज चलाउने भएका हुन ।
pani jahaj 1
सरकारले नेपालमा पानी जहाज, हावा बाट बिजुली, केवलकार,तेल खानीको सम्भावना र रेल जस्ता महत्वपुर्ण योजनाहरु सुनाइ रहेका बेला गायक महले पनी आफनो गितमा उक्त विषय बस्तुलाई गित मार्फत बजारमा ल्याएका हुन । नेपालमा पनि पानी जहाज, हावा बाट बिजुली, केवलकार,तेल खानीको सम्भावना, रेल लगायतका योजनाहरु सम्भव रहेको प्रति सकरात्मक सन्देस प्रबाह गर्न उक्त गितले निकै महत्व राख्ने गायक महतको भनाई छ ।
pani jahaj
आइतवार वुटवलमा एक कार्यक्रमको आयोजना गरि उक्त गितलाई सर्वजनिक गरिएको थियो । नेपाल पनि गरे धेरै योजनाहरु पुरा गर्न सकिन्छ भन्ने सन्देस दिन यो गितले निकै महत्व राख्ने उनको भनाई छ । बर्तमान सरकारले गरिरहेका महत्वपूर्ण योजनाहरु नेपालमा पनि सम्भावना रहेको प्रति यो गितको मुख्य भाव रहेको गायक महतले बताए ।
pani
सरकारले गर्न खोजेका महत्व पूर्ण कामलाई गित मार्फत सबै दर्सक श्रोता माझ ल्याएको महतले बताए । हाम्रो देसलाई परनिर्भरता कम गर्न बर्तमान सरकारले गरिरहेका योजनाहरु गरे पुरा हुन सक्ने प्रति गितले सन्देस प्रवाह गर्ने गायक महतले बताए । अहिलेको परिवेसमा सर्वसाधारण गनताले सरकार प्रति गरेको आशालाई गितमा समेटीएको उक्तगितकी गायिका शितल शर्माले बताइन ।

सरकारले गरेका बोलेका कुरालाई संरक्षित दस्ताबेजको रुपमा राखेर सर्मथन र खबदारी गर्न उक्तगित चयन गरेको गायिका शर्माले बताइन गायक महतको लय शब्द रहेको गित गायक महतकै स्वर र गायिका शितल शर्माको स्वरमा रहेको पानी जहाज गित शर्माकै एल्वम रहेको वरदान डिजिटल प्रालिले बजारमा आएको छ ।


हेर्नुहोस पानी जहाजको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend