साझा नेटवर्क
मोहम्मद अजिज अलि, कतार आषाढ १९ ।
दोहा- नेपाली जनसम्पर्क समिति कतारले पुर्व प्रधानमन्त्री नेपाली कांग्रेसका पुर्व सभापति नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९३ औं जन्म जयन्ति मनाएको छ । मौन धारण र पुष्प गुच्छाले कोइरालाको तस्विरमा माल्यार्पण गर्दै सुरु गरिएको उक्त कार्यक्रममा गिरिजा बाबुको ब्यक्तित्व, बिचार र राजनैतिक भूमिका देखि राष्ट्र प्रमुख सम्मको यात्राका बारेमा चर्चा गरिएको थियो ।

बि स १९८१ मा स्व कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाका कान्छा छोराका रुपमा जन्मिएका कोइराला नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधारका रुपमा रहेर गिरिजाप्रसाद कोइरालाले १० वर्षे जनयुद्धमा रहेको तत्कालिन नेकपा माओबादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका खेलेका थिए । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएर ५ पटक सम्म प्रधानमन्त्री बनेका कोइरालाले माओवादीलाई हिंसाको राजनीति अन्त्य गरी शान्ति प्रक्रियामा ल्याएर संविधान निर्माणका लागि काम गर्दा गर्दै उनको २०६६ साल चैत्र ७ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।

कार्यवाहक सभापति शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थापक सभापति नरेन्द्रभाट रहेका थिए । प्रमुख सल्लाहकार बिमल सुवेदी, संस्थापक सल्लाहकार एवं कांग्रेस महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह र १२ औ महाधिवेशन प्रतिनिधि मो शाकिर अलि बिशेस अतिथि रहेको उक्त कार्यक्रममा स्वागत मन्तब्य उपसभापति सुनिल मण्डल र कार्यक्रम संचालन महामन्त्री मोहम्मद अजिज अलिले गरेका थिए । कार्यक्रममा जनसम्पर्क समितिमा आवद्दहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि र बिशेष अतिथिहरुले गिरिजा बाबुको निधनले लोकतन्त्रको स्थापना भएको नेपालमा लामो समय शान्ति प्रक्रियाको टुंगो र संविधान जारि हुन् सकेको थिएँन अन्तत गिरिजा बाबुको अधुरो सपना सुशील कोइराला नेतृत्व कांग्रेस सरकारलेनै पुरा गरेको बताएका थिए । संबिधान कार्वान्वयनमा देखिएको समस्या पनि फेरी कांग्रेसको नै अग्रसरताको खाचो देखिएको औल्याएका थिए । आफ्नो जीवनको सम्पूर्ण समय राजनीतिमा बिताएका कोइरालाको राजनैतीक जीवनको सुरुवात भने आफ्नो गृहनगर बिराटनगरको जुटमिलका श्रमिक नेताको रुपबाट सुरु भएको चर्चा गरिएको थियो ।
२००४ सालमा कोइरालाले स्थापना गरको नेपाल मजदुर काँग्रेसपछि नेपाल ट्रेड यूनियन काँग्रेसको रुपमा चिनिन थाल्यो । २००८ सालमा गिरिजा प्रसाद कोइराला नेपाली काँग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरफ्तार गरी कैद नगरुन्जेल सम्म सो कार्यभार सम्हालिरहे । निर्वासित जीवन बिताइरहेका कोइराला २०३५ सालमा नेपाल फर्किए ।
पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलीय व्यवस्थाको स्थापना गराउन भएको २०४६ सालको जनआन्दोलनमा कोइराला सक्रिय रुपमा सहभागी भएका थिए । २०६२÷०६३ को दोश्रो जनआन्दोलनमा सात दलका नेताहरुको नेतृत्व गर्दै जनान्दोलन सफल भएपछि प्रतिनिधि सभा पुनर्बहाली भयो । कोइराला फेरि प्रधानमन्त्री मात्रै भएनन् उनी राष्ट्राध्यक्ष समेत बनेको स्मरण कार्यक्रममा बक्ताहरुले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend