logo
  • शनिबार, भाद्र २० २०८३

पाँचौं राष्ट्रिय मगर भेला तथा १६औं वार्षिकोत्सव सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिजय कुमार मगर, कतार आषाढ १९।
नेपाल मगर संघ,शाखा कतारले पाँचौं रास्ट्रिय मगर भेला तथा १६औं वार्षिकोत्सव गत शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्व एवं प्रमुख सल्लाहकार भिम तरामु मगरको प्रमुख आतिथ्यिता तथा रोजगारीको सिलसिलामा कतारमा कार्यरत मगरहरुको उपस्थिति रहेको थियो।
3
यसैगरी अतिथिहरुमा नेपाल मगर संघ, शाखा कतारका बर्तमन सल्लाहकार सदस्यहरु देब बहादुर राना मगर, जनक थापा मगर, खिम राना मगर, डि.एन. पाङ्मी मगर, केशब राना मगर, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशब राना मगर, बचत कोषका पुर्व अध्यक्ष तथा संघको द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगर, संघको मातहतमा रहेको सनैया “ए“ एरिया समितिका अध्यक्ष मीन थापा मगर, सनैया “बि“ एरिया समितिका अध्यक्ष धन बहादुर सारु मगर, वक्रा एरिया समितिका सचीव दिपक मगर अल खोर एरिया समितिका अध्यक्ष मन रोकिम मगर, सहानिया एरिया समितीका उपाध्यक्ष नरेन्द्र लायो मगर, महिला बिभाग संयोजक इशोरा थापा मगर, कला तथा सास्कृतिक बिभागका सचीव सोम थापा मगर मानार्थ सदस्यहरु टेक रसाइली, माइली माया वाइवा र रोशिका लामा र आजिवन सदस्य भिम थापा मगर हुनुहुन्थ्यो भने कार्यक्रमको संचालन संघको महासचिव बिजय कुमार मगरले गरेका थिए ।
2
कार्यक्रमको संयोजक प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगर हुनुहुन्थ्यो । कार्यक्रममा सभापति, प्रमुख अतिथी र अतिथिहरुले दिप प्रज्वलन र कार्यक्रमको ब्यानर अनावरण गरेर कार्यक्रमलाई औपचारिक रुपमा शुरु गरिएको थियो भने देश को सम्झनामा सम्पुर्णले नेपालको रास्ट्रिय गान र मगर गान गाएर साथ दिएका थिए । साथै प्रथम शहिद क्या. लखन थापा मगर र अन्य ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनेटको मौनधारण गरिएको थियो ।

कार्यक्रममा उपस्थित भएका सम्पुर्ण मगर तथा गैर मगर हरुलाई स्वागत मन्तव्य बाट स्वागत गर्दै कार्यक्रमको बारेमा जानकारी संयोजक तथा संघका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरले दिनुभएको थियोे भने कार्यक्रम मन्तब्य राख्ने क्रममा सम्पुर्ण एरिया समितिका तर्फबाट सनैया “बि“ एरिया समितिका अध्यक्ष धन बहादुर सारु मगरले मन्तव्य दिएका थिए त्येसैगरि महिला बिभागवाट महिला सदस्य जनक कुमारी थापा मगरले मन्तव्य राखेकी थिइन, भने मगर बचत कोषका अध्यक्ष केशव राना मगरले मन्तव्य राखेका थिए ।

त्येसैगरी सम्पुर्ण सल्लाहकारहरुको तर्फबाट सल्लाहकार सदस्य केशव राना मगरले पाँचौं मगर रास्ट्रिय भेला तथा नेपाल मगर संघ, शाखा कतारको १६ औं वार्षिक उत्सव कार्यक्रमको सफलताको शुभकामना दिनुभयो । नेपाल मगर संघ, शाखा कतारको १६औं वार्षिकउत्सवको अवसरमा १६ वटा मैनवती बालेर सभापति,प्रमुख अतिथि,र अतिथिहरुबाट केक काटेर संघको जन्म जयन्ति मनाएको थियो ।

प्रमुख अतिथि तथा नेपाल मगर संघ, शाखा कतार प्रमुख सल्लाहकार भिम तरामु मगरले संस्था यहाँ सम्म आइपुग्दा सम्म भोगेको उतार चढाबको बरेमा जानकारी गराउदै नेपाल मगर संघ, शाखा कतारको १६औं जन्म जयन्तिको खुशियालीको अवसरमा नेपाल मगर संघ, शाखा कतार तथा संपुर्ण कतारवासी मगरदाजुभाई तथा दिदिवहिनीहरुलाई शुभकामना व्यक्त गर्नु हुंदै उहाँले कार्यक्रमको पुर्णसफलताको शुभकामना दिनु भएको थियो ।

भेलामा सनैया “ए“ एरिया समितिले छैटौं एरिया भेलाबाट पारित आर्थिक र सांगाठनिक प्रतिबेदन अनुमोदनको लागि सनैया “ए“ एरिया सचीव रेशम आले मगरले प्रस्तुत गर्नु भएको थियो, त्यसरीनै सनैया “बि“ एरिया समितिको पाँचौ एरिया भेला बाट पारित संगठ्निक र आर्थिक प्रतिबेदन अनुमोदनका लागि अध्यक्ष धन सारु मगरले प्रस्तुत गर्नु भयो ।

त्यसरीनै वक्रा एरिया समितिका सचीव दिपक मगरले पनि चौथो वक्रा भेलाबाट पारित सांगाठनिक र आर्थिक प्रतिबेदन अनुमोदनका लागि प्रस्तुत गरेका थिए, त्येसैगरि कला तथा सांस्कृतिक बिभाग प्रथम भेलाबाट पारित संगठानिक र आर्थिक प्रतिबेदन अनुमोदनका लागि सचीव सोम थापा मगरले प्रस्तुत गरेका थिए , महिला बिभागको पहिलो भेलाबाट पारित सांगाठनिक र अर्थिक प्रतिबेदन अनुमोदनका लागि महिला बिभाग सदस्य जनक कुमारी थापाले प्रस्तुत गरेको थिइन त्येसै गरि मिति २०१६ जुन २४ मा भएको नेपाल प्रवासी मगर बचत कोषको दोस्रो साधारण सभाबाट पारित गरिएको संगठानिक प्रतिबेदन, आर्थिक प्रतिबेदन तथा संशोधित बचत कोष निर्देशिका २०१६ लाई अनुमोदनका लागि भेलामा प्रस्तुत गरिएको थियो ।

यसरी संघको मातहतमा रहेको संपुर्ण विभाग, एरिया समिति तथा बचतकोषवाट प्रस्तुत गरिएका प्रतिवेदनहरु तथा निर्देशिकालाई सामान्य संशोधन सहित भेलाले अनुमोदन सहित पारित गरिएको थियो । संपुर्ण प्रतिवेदन तथा वचतकोषका निर्देशिकालाई केन्द्रिय समितिका अध्यक्ष महेन्द्र थापा मगरलाई हस्तान्तरण गरिएको थियो । भेलामामा नेपाल मगर संघ, शाखा कतार (केन्द्रिय समिति) को सांगाठनिक प्रतिवेदन महासचिव विजय मगरले र आर्थिक कारोवार सम्वन्धि आर्थिक प्रतिवेदन कोषाध्यक्ष केशव राना मगर बाट क.री १८७९२३ (एक लाख सतासी हजार नौ सय तेईस) बरावरको आय/व्याय लाई पढेर सुनाउनु भएको थियो ।

यसरी नै विधान मस्यौदा समितिका संयोजक देव बहादुर राना मगर बाट यस संघको विधान २००० लाई संशोधनका लागी प्रस्तावित २०१६ लाई प्रस्तुत गर्नु भएको थियो । उक्त भेलावाट सांगाठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र संघको विधान २००० (प्रस्तावित २०१६) लाई सामान्य संशोधन सहित अनुमोदन गरी भेलावाट पारित गरिएको थियो। भेलाका सभापति महेन्द्र थापा मगरले संघको बारेमा जानकारी गराउदै “संपुर्ण मगरहरुको एकता— अहिलेको आवश्यकता” भन्ने मुल नारालाई आत्म साथ गर्दै कतारमा रहेका मगरहरुलाई संघमा आवद्ध हुनका लागी आग्रह गर्नुभयो ।

विश्वको जुनसुकै स्थानमा पनि हामी मगरहरु वसोवास गरिएता पनि हामिले आफ्नो भाषा, लिपि, धर्म तथा संस्कृतिको संरक्षण सम्बद्र्घन गरी अगाढी बढ्दै जानुपर्ने र हामिले विश्वमा रहेका मगरहरुले हरेक तह तप्का वाट आत्मनिर्णयको अधिकार तथा जातिय पहिचान सहितको मगराँत स्वायत्त प्रदेश को मागलाई बुलन्द आवाज पारि नेपाल सरकार समक्ष दवाव दिनु हुन आग्रह गर्दै उपस्थित भएका दोहा कतार वासी मगरहरुलाई हार्दिक धन्यवाद दिंदै कार्यक्रमलाई समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend