साझा नेटवर्क
गुल्मी, आषाढ १९।
चेतनाको मात्रै विकाश भयो भने कुनै पनि कार्यलाई राज्यको मुख ताक्न नपर्ने रहेछ भन्ने गुल्मी इस्मारजस्थलका स्थानियले प्रमाणित गरेका छन् । सल्लेरी महिला बिकाश शहकारी सास्था र जनजागृती आमा समुहको आर्थिक सहयोगमा गा.वि.स.को एक माध्यामिक बिद्यालय आनन्दपुर मा.वि.लाई महिनावारीका लागी सुरक्षित सामग्रीयुक्त बिद्यालय घोषणा गरेका छन् ।

अब देखी सो बिद्यालयमा महिनावारीकै कारणले छात्राको अनुउपस्थित हुने छैन । कार्यक्रमका प्रमुख अतिथी बिद्यालय निरिक्षक राम बहादुर थापाले सेवा सञ्चारले महिनावारीको क्षेत्रमा पुराएको योगदानको प्रशसा गर्दे यस्ता कार्यक्रम राज्यले पनि साचालन गर्नुपर्ने बताए ।थापाले बिद्यालयलाइ बधाई दिदै सहयोग गर्ने निकायलाई धन्यवाद दिएका थिए ।उनले कार्यक्रमलाइ निरन्तरता दिन निर्देशन पनि दिए ।
बिशेष अतिथी श्रोत व्यक्ति लाल बहादुर कुावरले यो कार्यक्रम सबै नि. मा. वि. र मा. वि.बिद्यालयमा आवश्यक रहेको बताउादै आफु खटेर सबै बिद्यालयको कार्यान्वयन र अनुगमन गरेको बताए ।
त्यस्तै नेपाली क्यानेडियन ट्रस्ट एसोसिएसन क्यानाडा तथा सेवा सञ्चार गुल्मीका अध्यक्ष गङ्गा खड्काले बिद्यालयका छात्राहरुलाइ महिनावारी सरसफाइ सम्बन्धि अभिमुखीकरण गरी बिद्यालयमा महिनावारी कार्यक्रम शुरुवाती भन्दा निरन्तरता आबश्यक रहेको बताईन् । खड्काले सहयोग गर्ने शिक्षक के पी गैरे,आमा समुह,श्रोत ब्यतिm,बिद्यालय निरिक्षक लगायत सबैलाइ धन्यवाद दिएकी थिइन् ।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति सदस्य कलानिधी भण्डारी लगायतले मन्तब्य राखेका थिए । इस्मा रजस्थलका कुमारी नि.मा.वि. र आनन्दपुर मा.वि.लाई आमा समुहका अध्यक्षहरुले स्यानेटरी प्याड प्रदान गरेका थिए । गा.वि.स. सचिव शेर बहादुर खड्काको सभापतित्व र शिक्षक हुम प्रसाद पैयाानीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend