logo
  • शनिबार, साउन ३० २०८३

ओली सरकारको उखान टुक्का र गफ हान्ने काम मात्र : देउवा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, आषाढ १८ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका उखान टुक्काले देश नचल्ने बताएका छन्। शनिबार पूर्वप्रधानमन्त्री एवम् स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९३ औँ जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका उखान टुक्काले देश नचल्ने बताए।

देउवाले भने, ‘प्रधानम्न्त्री ओलीज्यूको सरकारले गफ हान्ने र उखान टुक्का भन्ने बाहेक केही काम गरेको छैन।’ देउवाले भूकम्पपीडितका लागि सरकारले दुई वर्षा बित्दासमेत केही गर्न नसकेकोप्रति आपत्ति जनाए। ‘हिउँद र दुई बर्खा जान लाग्दा पनि भूकम्पपीडितले घर बनाउन सक्ने अवस्था भएन,’ देउवाले भने।

देउवाले सरकारले नै स्थानीय निकायको निर्वाचन गराउन नचाहेको आरोप लगाए। चुनावको घोषणा गरेको सरकारले आवश्यक तयारी भने नगरेकोप्रति आपत्ति जनाए। देउवाले भने, ‘मंसिरमा स्थानीय निकायको चुनाव गर्ने घोषणा यही सरकार गर्छ तर चुनावको तयारीमा भने सरकारले कुनै काम गरेको छैन। फागुनमा पुनरसंचरना आयोगको प्रतिवेदन आउने भएपछि मंसिरमा कसरी स्थानीय निकायको चुनाव हुन्छ भन्ने देउवाको प्रश्न छ।

देउवाले स्थानीय, प्रदेश, केन्द्र र राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने आवश्यकता भए पनि यही गतिमा निर्वाचन हुन नसक्ने ठोकुवा गरे। उनले कांग्रेसलाई देखाएर एमाले निर्वाचनबाट भाग्न खोजेको आरोप समेत लगाए। देउवाले भने, ‘कांग्रेसलाई देखाएर एमाले निर्वाचनबाट भाग्न खोजेको छ। तर, कांग्रेस जुनसुकै निर्वाचनमा पनि सहभागी हुन तयार छ।’ कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले भूकम्पपीडितको पीडा अनुभव गर्न एकदिन त्रिपालमा रात कटाउन प्रधानमन्त्रीलाई आग्रह गरिन्।

पुर्वअर्थमन्त्री समेत रहेका नेता रामशरण महतले अहिलेको सरकारले ल्याएको बजेट प्रचारमुखी भएको दाबी गरे। ‘जम्मा गरेको पैसा बाड्न त जस्ले पनि सक्छ तर त्यत्तिकाम गर्न पनि अहिलेको सरकारले सकेन,’ उनले भने, ‘नयाँ काम केही नगरेर एमालेले प्रचारको काम मात्रै गरेको छ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend