logo
  • शनिबार, साउन ३० २०८३

दार्चुलामा बाढी पहिराेबाट करिब एक दर्जन गाविस प्रभावित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

फाइल तस्विर

दार्चुला, आषाढ १८ ।
दुई दिनदेखि अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट दार्चुलामा सात घरपरिवार विस्थापित भएका छन् । दार्चुलामा अहिलेसम्म दुई जनाको पहिरोमा परी मृत्यु हुनुका साथै एकजना घाइते भएको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइँकेलले जानकारी दिए ।

विस्थापितको सङ्ख्या धेरै रहेपनि प्रहरीमा हालसम्म यहाँका विभिन्न स्थानका सात घरपरिवार पूर्णरुपमा विस्थापित भएको खबर आएको उनले बताए ।‘विस्थापितलाई तत्कालका लागि राहत सामग्री पनि पढाएका छौ’, उनले भने। त्यसैगरी बिहीबारदेखि पहिरोका कारण अवरुद्ध रहेको बैतडी–दार्चुला सडकखण्डको अवरोध हटाउने कार्य पनि जारी रहेको छ।

पहिरोको विस्थापित र जोखिम रहेका बस्तीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताइएको छ । पहिरोकै कारण दार्चुलाको जौैलजीवी प्रहरीचौकी भवनमा क्षति पुगेको छ । चौकीमा कार्यरत प्रहरी तथा बन्दोबस्तीका सामान सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हालसम्म प्राप्त खबर अनुसार दार्चुलाको शङ्करपुर, ग्वानी, भगवती, दत्तु, डाँडाकोट, सर्माेली, खरकडा, लाली, रिठाचौपाता, बोहरीगाउ, गोकुलेश्वरलगायतका गाविस पहिरोको चपेटामा परेको स्थानीय प्रशासनले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend