साझा नेटवर्क
काठमाडौं, आषाढ १८।
नेकपा माओवादी केन्द्रले सहमतीय सरकार गठनको प्रयासको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको शनिबार बसेको बैठकले एमाले, मधेसवादी लगायतका दलसँग छलफल गरेर सहतीय सरकार गठनको प्रयास गर्ने जिम्मा प्रचण्डलाई दिइएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।
नौं बुँदे सहमति र भद्र सहमति कार्यान्वयनको पहल गर्ने जिम्मा पनि अध्यक्षलाई दिइएको उनले जानकारी दिईन् । तत्कालिन नेकपा माओवादी र नेकपा एमालेबीच सरकार सञ्चालन लगायतका विषय समावेश गरेर ९ बुँदे सहमति भएको थियो ।
त्यसबेला बजेट पेश लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनको पनि भद्र सहमति भएको माओवादी केन्द्रका नेताहरुले बताउँदै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend