साझा नेटवर्क
गुल्मी रिडि, आषाढ १८।
रिडिमा कालीगण्डकी नदिको सतह बढ्दा गएराती देखि रिडि रुद्रबेणी सडक खन्ड अवरुद्ध भएको छ । दुई दिन देखिको अविरल बर्षाका कारण कालीगण्डकी नदिको सतह बढेर हालै निर्माण गरिएको बगर हुँदै जाने बैकल्पिक सडकलाई ढाकेपछि सडक अबरुद्ध हुन गएको हो।

त्यस्तै रिडि बजारको सडकमा हाल सडक ढलान कार्य भइरहेका कारण यो सडक पनि अबरुद्ध हुदा रिडि रुद्रबेणी सडक खण्ड पुर्ण अबरुद्ध भएको छ । सडक अबरुद्ध भएपछि सयौ यात्रुहरु रिडि बसपार्कमा अलपत्र अबस्थामा रहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend